१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

महामन्त्रीद्वय जसरी पनि विशेष महाधिवेशनको अडानमा, संस्थापन रोक्ने दाउमा

महामन्त्रीद्वय जसरी पनि विशेष महाधिवेशनको अडानमा, संस्थापन रोक्ने दाउमा
अ अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले बुधबार पार्टीको विशेष महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो। त्यसपछि संस्थापन पक्षका तर्फबाट साँझ वक्तव्य जारी भयो– विशेष महाधिवेशनमा सहभागी नहुनुस्।’

लगत्तै महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको आह्वान गरे। महामन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो। हामी पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित छौं। जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध छौं।’

कांग्रेसमा यतिबेला महाधिवेशनको विषयमा रडाको मच्चिएको छ। महामन्त्रीद्वय थापा र शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशनको आह्वान गरेपछि विवाद चर्केको छ। महामन्त्रीद्वय पक्षधरले पार्टीको नीति र विधिअनुसार विशेष महाधिवेशन बोलाइएको दाबी गरेको छ। संस्थापन पक्षले भने केन्द्रीय कार्यसमितिलाई मात्रै महाधिवेशन गर्ने अधिकार भएको भन्दै विशेष महाधिवेशनमा सहभागी नहुन सर्कुलर जारी गरेको छ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीले विशेष महाधिवेशन नचिन्ने र उक्त सम्मेलनमा उपस्थित हुन जिल्लाबाट राजधानी आउने कष्ट नगर्नु कार्यकर्तालाई आग्रह गरिएको छ। तर, महामन्त्रीद्वयले भने विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको भन्दै सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।

महामन्त्रीद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्‍यौं, तर केन्द्रीय कार्यसमितिबाट यो संभव हुन सकेन। विधानबमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन।

विधानबमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन। यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैं क्रियाशील हुन्छ र तोकिएको समय सीमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक–पटक राखेका हौं।’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ। पुस २८ भित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ।’

विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारीबमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरीत रहेको महामन्त्रीद्वयको आरोप छ।

सभापति बन्नका लागि विशेष महाधिवेशन बोलाएको हैन, पार्टी फुट्दैनः महामन्त्री थापा

महामन्त्री थापाले आफू सभापति बन्नका लागि विशेष महाधिवेशन नबोलाइएको दाबी गरेका छन्। उनले भ्रम छर्ने काम गरिएको भन्दै आपत्ति पनि जनाएका छन्। विशेष महाधिवेशन गर्ने विषयमा बुद्धिजीविहरूसँगको बुधबारको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन्। थापाले आफू सभापति बन्ने चाहना नभएको र उक्त स्थानमा जो नेता सभापति बन्न इच्छुक भए पनि अगाडि आउन आग्रह गरे।

‘हतार–हतार अरूलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो। हामीलाई सभापति बन्नु छैन बाबा। को बन्नुछ बन्नुस्,’ थापाले भने, ‘तपाईंहरूमध्ये कुन नेतालाई बन्नुछ बन्नुछ। डा। शेखर कोइरालालाई बन्नुछ बन्नुस्। अर्को नेता बन्नुछ बन्नुस्। तर, पार्टीलाई ठीक ठाउँमा उभ्याउनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

महामन्त्री थापाले पार्टीलाई ठीक ठाउँमा उभ्याउने आफूहरूको प्रमुख उद्देश्य रहेको बताए। थापाले भने, ‘२३ र २४ गतेअघि हामी ठीक थिएनौं भन्ने कुरा हामीले राख्यौं। हामी उभिएको ठाउँ ठीक थिएन, गतिमति ठीक थिएन। नागरिकको रिस थियो। रिसको कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ।’ महामन्त्री थापाले संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने उद्देश्यले नै विशेष महाधिवेशनको आह्वान गरिएको बताएका छन्।

आफूहरूले चलाइरहेको अभियानले पार्टीलाई बलियो बनाउने उनले दाबी गरे। केहीले पार्टी फुटको हल्ला चलाइरहेको उल्लेख गर्दै उनले ‘कसैले चाहेर पनि पार्टी नफुट्ने’ दाबी गरे। बुधबार नेताहरूद्वय चन्द्र भण्डारी र डा। सुनील शर्मासँग भेटमा थापाले भने, ‘हाम्रो अभियानबाट पार्टी बलियो हुन्छ। कोही मानिसले पार्टी फुट्छ कि फुटाउँछन् कि भनेर भन्छन्। तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्तालाई आश्वस्त बनाउँछु कि, पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु।’

नेता भण्डारीले महामन्त्री थापासँगको भेटमा भनेका थिए, ‘यो पार्टी देश र जनता प्रजातन्त्र र संविधान हामीले बनाएको हो। त्यसकारण यसका संरक्षणका निम्ति हामी एक हुन जरुरी छ। हाम्रो पार्टीसक्षम बनाउँछौं। कार्यकर्तालाई समान अवसर र न्याय दिन्छौं। तर, एकै ठाउँ एउटै छातामुनि बसेर पार्टीलाई बलियो बनाउँछौं।’

अर्का नेता शर्माले महामन्त्रीहरूले उठाएका एजेन्डा आफुहरूले पार्टीमा पहिला देखिनै उठाएको भन्दै अगाडि भने, ‘महामन्त्रीजीहरूले उठाएका एजेन्डामा हाम्रो समर्थन छ।’

विशेष पक्षधरले बनायो महाधिवेशन व्यवस्थापन उपसमिति

विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। पत्रकार सम्मेलनमार्पmत यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको छ। सँगसँगै विभिन्न १८ वटा उपसमिति गठन गरिएको जानकारी पनि गराइएको छ। उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ।

व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेन–जी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो। बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ।

यस विषयमा बोल्दै विशेष पक्षधरका नेता देवराज चालिसेले भने, ‘विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।’

विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचारसमेत भइसकेको छ। विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ। महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको भन्दै आएका छन्। तर, सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ। अन्नपूर्ण पोस्टमा राधा खनालले समाचार लेखेकी छन्