१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तानाशाही व्यवस्थामा विश्वास गर्दैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका छन् । निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने ‘उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्नुस् सरकार सदैव सहयोग गर्न तयार छ’ । राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीले बताए । नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

मुलुकका कुनै पनि निकायलाई सरकारले सत्ताका स्वार्थका लागि अप्ठ्यारो नबनाउने पनि उनले बताए । ‘राज्यको कमिसनको लागि कसैलाई पनि अप्ठ्यारो बनाउँदैनौ । हामी लोकतान्त्रिक व्यवस्थामा छौं’ उनले भने, ‘तर सुशासन र लोकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता गर्दैन ।’ ‘कानुनी अप्ठ्यारो छ भने व्यवसायी आफैंले कानुन ड्राफ्ट गर्नुस् छलफल गरौंला’ प्रधानमन्त्री ओलीले भने ।