६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ब्रिटिस स्कुलको सञ्चालक समितिमा विदेशी नागरिक

ब्रिटिस स्कुलको सञ्चालक समितिमा विदेशी नागरिक
अ+ अ-

पाटन (ललितपुर), २२ पुसः पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशी नागरिक ललितपुरको जावलाखेलमा रहेको ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिमा रहेको बिषयमा अध्यागमन विभागले छानबिन गरिरहेको जानकारी प्राप्त भएको छ ।

अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टिकाराम ढकालले दिनुभएको जानकारी अनुसार पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशी ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिमा रहेको तथ्यसहित विभागम उजुरी परेपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छानबिन विभागले छानबिन गरिरहेको छ । “नेपालको कानुनलाई चुनौती दिँदै विदेशी नागरिकहरूले भिसाको उद्देश्य विपरीत काम गरिरहेको भन्ने उजुरी प्राप्त भएको थियोे, उजुरी प्राप्त भएपछि हामीले शिक्षा मन्त्रालयसंग पनि जानकारी लिइरहेका छौँ, यो विषयमा अहिले नै टुंगोमा पुग्न सकेका छैनौं’’, प्रवक्ता ढकालले भन्नुभयो ।

पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशीहरूले विद्यालयको सञ्चालक समितिमा रहेर प्रशासनिक र नीतिगत हस्तक्षेप गरिरहेको भन्दै अध्यागमन विभागमा गत कात्तिक २० गते विभागमा उजुरी दर्ता भएको उहाँले जानकारी दिनुभयो । विभागमा दर्ता भएको उजुरीमा नेपालको अध्यागमन कानुनको बर्खिलाप गर्दै विद्यालयको प्रशासनिक गतिविधि र निर्णय प्रक्रियामा विदेशी हाबी दाबी गरिएको छ । “यस विषयमा गुनासो र लिखित उजुरी प्राप्त भएको छ । हामीले यसलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएका छौँ । अनुसन्धान प्रतिवेदन आएपछि कानुन बमोजिम आवश्यक प्रक्रिया र कारबाही अघि बढाइनेछ’’, प्रवक्ता ढकालले भन्नुभयो ।

उजुरीमा उल्लेख भएअनुसार नेदरल्याण्डका विल्को नानो ब्राम, बेलायतकी क्यारन आर्लिन बसु रे र अमेरिकाका सन्तोष श्रेष्ठमाथि गैरकानुनी रूपमा काम गरेको आरोप छ । यी तीनै जना विदेशी नागरिक पर्यटक वा परिवारजनको भिसामा नेपाल बसेर विद्यालयको सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स)मा रहेर विद्यालयको नीति निर्माण गर्ने र प्रशासनिक निर्णयहरूमा प्रत्यक्ष संलग्न भइरहेको उजुरीमा उल्लेख छ ।

नेपालको अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ को नियम २० ले पर्यटक वा नाता सम्बन्धका आधारमा (डिपेन्डेन्ट) भिसा लिएका विदेशीलाई नेपालमा कुनै पनि प्रकारको उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न स्पष्ट बन्देज लगाएको छ । काम गर्नका लागि श्रम स्वीकृति र सोही अनुसारको भिसा अनिवार्य हुन्छ । तर, ब्रिटिस स्कुलमा संलग्न यी विदेशीहरूले ‘आवास मात्र रहने’ अनुमति लिएर विद्यालय सञ्चालनमा सक्रिय भूमिका खेलिरहेको पाइएको उजुरी भनिएको छ । उनीहरूले नियमावलीको नियम १९ अनुसार ६ महिनाभन्दा बढी बस्दा गर्नुपर्ने ठेगाना दर्ता, परिवर्तनको सूचना र एक सय २० दिनभन्दा बढी बस्दा स्थानीय प्रहरीमा उपस्थित हुनुपर्ने कानुनी प्रावधानसमेत पालना नगरेको आशंका रहेको उजुरीमा उल्लेख गरिएको छ ।

यस प्रकरणलाई सामान्य भिसा दुरुपयोगका रूपमा मात्र नभई राज्यको कानुनी व्यवस्था र स्वाधीनतामाथिको चुनौतीका रूपमा हेरिएको छ । उजुरीकर्ताले दाबी गरेअनुसार, विदेशी नागरिकले नेपालको आन्तरिक संस्थागत निर्णय प्रक्रियामा प्रमुख वा हस्तक्षेपकारी भूमिकामा रहनु राष्ट्रिय स्वाभिमान र श्रम सम्बन्धी कानुनको उल्लंघन हो । यस्तो प्रवृत्तिले राष्ट्रिय निर्णय प्रक्रियामा नेपाली नागरिकको भूमिका कमजोर पार्ने र विदेशी हस्तक्षेप बढाउने जोखिम निम्त्याएको दावी गरिएको छ । उजुरीमा कानुन मिच्ने विदेशी नागरिकमाथि तत्काल छानबिन गर्न, भिसा दुरुपयोगको अभियोगमा कारबाही गर्न र यस्ता गतिविधि दोहोरिन नदिन निगरानी बढाउन माग गरिएको छ ।