• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूले पनि जिम्मा लिनुपर्छ: सांसद गिरी



समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएका छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताए ।

‘‘हमारे दलके संघीय परिषदके नेता पूर्व प्रधानमन्त्री माननिय बाबुराम भट्टराइ के भि इस विवादमा नाम ताना जारहा हे । और तो कुले ढंगसे चारौं चरफ बोल रहें हे कि मेरा नाम आरहा हो तो क्या हो गा इस मुद्दाका जाँचबुझ हो । और मे आग्रह कर्ति हुँ सभी प्रधानमंत्री से अगर उनले क्याबिनेटके निर्णय के आधार पे गृहमंत्री या अन्य कोइ उनके निचेके मंत्रालयके मंत्री या पदाधिकारी या कर्मचारी अगर उनपे मुद्दा चला हे तो आज ए उनका नैतिक दायित्व बन्ता हे के ओ सारे संसार जनताके आगे इस सदनके आगे आकर और कहे कि नहि अगर मेरे क्याबिनेट के निर्णय के कारण चाहे ओ नीतिगत हो वा कानूनी हो ओ फैसला तो अदालत करेगा, ओ फैसाल विशेष अदालत करेगा । मे आग्रह कर्ता हुँ उस निर्णयको जनताके बीचमे लाया जाए औंर उसके छानबिन हो’’, उनले भने ।

चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुर्लाइ स्वदेश फर्काउने विषयमा संसदमा जुन आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको उनले बताए । जीवन मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरुको उद्धारका लागि उनले सरकारको ध्यानाकर्षण समेत गराए ।