१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–लिङ्देन भेटवार्ता: समसामयिक राजनीतिक परिस्थितिबारे छलफल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज साँझ भेटवार्ता भएको छ।

ओली निवास गुण्डु, भक्तपुरमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजना गरिने चियापान कार्यक्रममा अध्यक्ष ओलीलाई निम्तो दिन लिङ्देन गुण्डु जानु भएको थियो ।