४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः काँग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्

महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः काँग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाएका छन् ।

पार्टीको संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको भन्दै उनीहरुले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरणसहित पुस्तान्तरण गर्न सुझाएका हुन् । बुधवार पार्टी महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग छलफल गरी विशेष महाधिवेशनबारे सुझाव लिएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले छलफलमा संस्थापन पक्षले पार्टी महामन्त्रीहरुलाई कारबाही गर्छ की ? भन्ने प्रश्न पनि उठेको उल्लेख गर्नुभयो । उहाँले पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने आधार पार्टी केन्द्रसँग नरहेको कारण दृढतापूर्वक विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाएको बताउनुभयो । उहाँले पार्टीको रुपान्तरण गरी मुलुकको राष्ट्रिय राजनीतिले सामना गरिरहेका चुनौतीहरुको सामना गर्न देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई कन्भिन्स गर्न समेत सुझाव दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ (गगनकुमार थापा) लाई पार्टीभित्र विधित्र र पद्धति स्थापित गर्नको लागि जुन खालको विद्रोह गर्नुभयो त्यसले तपाईहरुले सिंगो देशको राजनीति जित्नुभएको छ । पार्टीभित्र संस्थापन पक्षले विधि र पद्धतिभन्दा बाहिर गएर तपाईहरुलाई किनारा लाउने प्रयत्न गरेको छ त्यसकारण विधि र पद्धतीका पक्षमा स्पष्ट अडान राखेर विशेष महाधिवेशनका पक्षबाट पार्टीलाई रुपान्तरणसहितको पुस्तान्तरण गर्नुपर्छ भन्ने सुझाव उहाँलाई रह्यो । संस्थापन पक्षले महामन्त्रीहरुलाई कारबाही गर्छ की भन्ने प्रश्न पनि त्यहाँ उठेका थिए । नेपाली काँग्रेसको विधानले दिएको व्यवस्था र मुलुकको संविधानले दिएको व्यवस्थालाई कार्यान्वयन गर्दैगर्दा कारबाही हुनुपर्ने मान्छेले नै कारबाही गर्यो भने उल्टो दिशामा जाने भएकोले तपाईलाई कारबाही गर्ने ठाउँ छैन त्यसका तपाई दृढतापूर्वक विशेष महाधिवेशनको पक्षमा उभिन जरुरी छ । यसको लागि देशभरिका महाधिवेशन प्रतिनिधिहरुलाई पनि दबाब दिन जरुरी छ ।’

बुद्धिजीवी अरुण सुवेदीले विशेष महाधिवेशन पक्षधरहरु ‘पोइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगिसकेको भन्दै पार्टीको बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता भए विशेष महाधिवेशन गर्न सुझाव दिएको बताउनु भयो । उहाँले बहुसंख्यक प्रतिनिधि सहभागिमार्फत चुनिने नेतृत्वले मात्र वैधानिकता पाउने उल्लेख गर्दै अन्यथा कुनैपनि हालतमा पार्टी फुटाउन नहुने सुझाव आफूले दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्रीजीले सुझावका लागि डाँक्नुभएको थियो । अब पोइन्ट अफ नो रिटर्नको अवस्थामा पुगिसकेको अवस्थामा देख्छु । गणपुरक संख्या पुग्यो भने विशेष महाधिवेशन गर्नुहोला । त्यसले एउटा वैधानिक निकाश लेला अन्यथा पार्टी चाँही फुट्नुहुँदैन भन्न सुझाव मैले दिएँ ।’
बुद्धिजीवी प्रताप पौडेलले नेपाली काँग्रेस नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने आवश्यकता आवश्यकता रहेको बताउनु भयो । उहाँले  परिवर्तित काँग्रेसले मात्रै युवाहरूको भावना अनुसार काम गर्न सक्ने र राष्ट्रिय राजनीतिक चुनौतीको सामना गर्न सक्ने भन्दै नेतृत्व र नीति परिवर्तन गर्न अग्रसर हुन सुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेतृत्व र त्यहीअनुसारको पार्टी संरचना बनाएर अघि बढ्नुपर्छ । नयाँ नेतृत्व, नीति र कार्यदिशासहति निर्वाचनमा जानुपर्छ । त्यो काँग्रेसले मात्रै अहिलेको परिवर्तित अवस्थाको नेतृत्व गर्नसक्छ । रुपान्तरित काँग्रेसले मात्रै नौजवानहरुको भावनाअनुरुप काम गर्नसक्ने र सोहीअनुसार अगाडि बढ्न सुझावहरु आएका छन् । यो परिस्थितिमा पार्टीभित्रको झगडा समाधान गरेर चुनौतीपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न भूमिका खेल्नुपर्नेमा उपस्थितहरुको जोड छ । ’

बुद्धिजीवी विश्वकुमार केसीले पार्टी परिवर्तन, नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास पुनःस्थापित गर्ने महामन्त्री थापाको कदमप्रति उपस्थित सबैले समर्थन जनाएको बताउनु भयो । उहाँले नेताले जोखिम लिन सक्नुपर्ने र जोखिम नलिनु नै अर्को जोखिम हुने भन्दै विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसलाई परिवर्तन गरेर जाने र नीति र नेतृत्व परिवर्तन गरेर जाने तथा समाजमा आफ्नो विस्वासलाई स्थापित गर्ने जुन कदम चालेर अघि बढ्ने जुन कदम चाल्नुभएको छ त्यसमा उपस्थित सबैले समर्थन गरेर जानुभएको छ । केदारभक्त माथेमाले दभनेजस्तै नेताले जोखिम लिन सक्नुपर्छ । जोखिम नलिनु पनि अर्को जोखिम हो । ’

पार्टीको महाधिवेशन पक्षधरले यही पुस २७  र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पुर्णबहादुर खड्काको इच्छा र सहमतिविपरित महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । पार्टी नेतृत्वलाई महाधिवेशनको अपनत्व लिन आग्रह गरिएको छ