४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

चलचित्र विधेयकको दफावार छलफल सकियो

चलचित्र विधेयकको दफावार छलफल सकियो
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ ।

समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो । समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिनुभयो । उहाँले मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथी छलफल गर्ने बताउनु भयो । उहाँले प्रतिवेदन तयार पारी अब बस्ने राष्ट्रिय सभामा पेश गर्नेगरी तयारी थालेको पनि जानकारी दिनुभयो ।

उहाँले संसोधनकर्ता सांसद, सरोकारवालाहरुको सुझाव सबैलाई समेटेर मस्यौदा प्रतिवेदन बनाइने जानकारी दिनुभयो । उहाँले सेन्सर बोर्डको नाम परिवर्तन गरेर प्रमाणिकरण गर्ने समिति राखिएको बताउनु भयो । तर त्यो समितिको अध्यक्ष को हुने भन्ने विषय भने टुंगोमा नपुगेको बताउनु भयो । समितिको अध्यक्षमा बाहिरबाट विज्ञ व्यक्ति ल्याउने भन्नेमा सबैको जोड रहेकोले मस्यौदामा सोहीअनुसार भएको तर कस्तो व्यक्तिलाई बनाउने, सिफारिस कसले गर्ने भन्ने विषय भने छलफल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले चलचित्र विधेयकको प्रतिवेदन पारित गरेपछि अर्को विधेयकको छलफल शुरु गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ माथी छलफल ग¥यौँ । राष्ट्रिय सभा नियामावलीले गरेको व्यवस्था अनुरुप विधेयक समितिमा आएको ६ महिनाभित्र सभामा पु¥याउनुपर्ने हुन्छ । समितिमा आउने क्रममा अलिकति ढिला भयो, बीचको अवस्थाले अलिकति ढिलो भयो । छलफलको क्रममा १३/१४ वटा बैठक बसेर दफावार छलफलको क्रम हामीले सक्यौँ । मस्यौदा प्रतिवेदनको काम बाँकी छ, हामी अर्को दिन मस्यौदा प्रतिवेदनमाथी छलफल गरेर यसको प्रतिवेदन तयार गर्छौं । निकट भविष्यमा बस्ने राष्ट्रिय सभामा हामीले यसलाई प्रतिवेदनको रुपमा लैजान्छौँ । यो विधेयक दफावार छलफल सकिँदाखेरी प्रतिवेदन तयारी पनि छिट्टै नै हामी गर्छौ र फरक अर्को विधेयकमा छलफल गर्न जान्छौँ ।’

बुधवार बसेको समितिको बैठकमा सभापति दाहालले चलचित्रसम्बन्धी विधेयकको मस्यौदाको प्रतिवेदन तयार पार्न संसद सचिवालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानून मन्त्रालयलाई निर्देशन दिनुभयो ।