९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियोः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाउनुभएको हो ।

उहाँले दुई पार्टीका शिर्ष नेताको नितान्त व्यतिmगत सम्बन्धका मान्छेहरुलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताउनु भयो ।उहाँकाअनुसार एमालेले कुन ठाउँमा कुन समुदाय र कुन नेता बनाउने भनेर क्लष्टर लिएको छ भने काँग्रेसले पनि पार्टीको नभई नेताको खल्तीको मान्छे बनाउनका लागि क्लष्टर लिएको देखिन्छ । राष्ट्रिय सभाका लागि काँग्रेसबाट प्रश्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनैपनि तल्लो तहको समितिबाट सिफारिस नभएको पनि उहाँले बताउनु भयो ।  यसले संसदीय बोर्ड र केन्द्रिय समितिको मात्र नभई जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस गर्ने प्रक्रियाको समेत अपमान भएको उहाँको भनाई छ । उहाँले उम्मेद्वार चयन प्रक्रियामा समावेशिताको मर्मलाई समेत ख्याल नगरेको बताउनु भयो । प्रश्तावित नौ जनामध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको उहाँको गुनासो छ । उहाँले मुस्लिम समुदायका योग्य व्यक्ति उम्मेद्वार बनाउने अवसर आएको बेलामा जानीजानी बाहिर राखिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो तालमेल गर्नेकुरा कसरी मिलाइएको छ भने नेपाली काँग्रेस र नेकपा एमालेभित्रका नेताहरुलाई आ–आफ्नो गोजीभित्रको जो–जो मान्छे बनाउनुपर्नेछ, त्यो त्यो कलष्टर आफ्नो भागमा पारिएको छ । एमालेलाई पनि कहाँनेर आफ्नो कुन चाहीँ नेता बनाउनुपर्नेछ, कुन समुदायको नेता बनाउनुपरेको छ, ठ्याक्क क्लष्टर लिएको छ । काँग्रेसलाई पार्टीको होइन नेताको आफ्नो खल्तीको मान्छे बनाउनको लागी क्लष्टर लिएको छ । त्यो क्लष्टर लिएर पहिला नाम छानिएको छ । यसरी मिलाइएको छ । यो प्रपञ्च गर्दैगर्दा आज नेपाली काँग्रेसमा ९ जनाको नाम आउँदैगर्दा के भएको छ भने पहिलो ३ जनाको नाम तल्लो कुनैपनि कमिटिबाट सिफारिस भएर आएको छैन । तल्लो कमिटिबाट सिफारिस भएर नआएको नाम यहाँबाट आज पारित गरियो ।’

‘यसले संसदीय बोर्ड र केन्द्रिय समितिको मात्रै मानमर्दन गरेन, मानमर्दन गर्नेक्रम अर्को थपियो फेरि, प्रक्रियाको ग¥यो, जिल्लाको गरेको, क्षेत्रले गरेको सिफारिसको कुनैपनि अर्थ भएन । नेताहरुले खल्तीको मान्छे व्यवस्थापन गर्दा के ख्याल गर्नुभएन भने नौ जना मान्छेको नाममा नेपाली कांग्रेसले प्रश्ताव गर्दैगर्दा एकजना पनि जनजाती परेन । अघिल्लो पटक मधेसी समुदायको नपर्दैगर्दा यही भित्र बसेर त्यसमा लडेर हामीले फरक मत राखेका थियौँ, पछिल्लो समय पार्टीले त्यसलाई महशुस गरेर गल्ती सच्याएको थियो तर आज फेरि एक जना जनजातीको नाम छैन । यो पटक मुस्लिम समुदायको लामो समयदेखि काम गरेर आएको व्यक्तिलाई काँग्रेसको तर्फबाट बनाउने अवसर आएको थियो । तर त्यहाँभित्र आफूलाई अर्को क्लष्टरको पार्नुपर्ने भएकोले मुस्लिम समुदायको व्यक्तिलाई जानीजानी छुटाइयो । को कोलाई पार्नु छ, यसरी बनाएको छ । पूरा नितान्त नेताको व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गरियो ।’ 

उहाँले एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्नेसम्बन्धि निर्णयको औचित्यको बारेमा समेत प्रश्न उठाउनु भयो । पार्टीभित्र पछिल्लो समय महामन्त्रीहरुलाई पेल्ने काम भइरहको उहाँको गुनासो छ । उहाँले उम्मेद्वार चयन प्रक्रियामा आफूहरुको फरक मत रहेको बताउनु भयो ।




भर्खरै