४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद
अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

“खेलमैदान अभावमा युवायुवतीलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष रु २८ लाखमा जग्गा खरिद गरेको थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको बजेटको काम सकिएको छ । प्रदेश सरकारले विनियोजन गरेको रु पाँच लाख बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ ।”

क्लबले खरिद गरेको जग्गाको नजिकै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेको ढुङ्गालाई पनि पन्छाएर खेलमैदान बनाउने योजना छ । ठूला ढुङ्गा फुटाउनका लागि मध्य कालीगण्डकी जलविद्युत् आयोजनासँग सहयोग मागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

पैतालीस मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल, बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजको संरचनासहितको खेलमैदान निर्माण गर्न रु एक करोड १९ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारिएको छ ।

आगामी वर्षमा पनि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमा पहल गरेर थप बजेट व्यवस्थापन गरी खेलमैदान निर्माणलाई पूर्णता दिने वडाध्यक्ष खड्काले बताउनुभयो । खेलमैदान निर्माण गर्न विभिन्न सङ्घसंस्था र चन्दा सङकलन गरेर रु २८ लाख ४२ हजारमा गत वर्ष घार युवा क्लबले जग्गा खरिद गरेको थियो ।

घारखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उपलब्ध गराएको रु १३ लाख ५० हजार, चन्दामार्फत रु पाँच लाख ५५ हजार परिचालन गरिएको खेलमैदान खरिदका लागि हाल जापानमा रहनुभएका घारका ददीवल खड्काले व्यक्तिगत रूपमा रु पाँच लाख सहयोग गर्नुभएको छ ।

घार कोटमन्दिरबाट रु एक लाख ६५ हजार, शिवकुमार बरुवालले रु ५० हजार, कमल बरुवालले रु ५५ हजार, अन्नपूर्ण वन संरक्षण उपसमितिले रु एक लाख १० हजार सहयोग गरेका र रु ७० हजार ऋण रहेको घार युवा क्लबका अध्यक्ष सागर खड्काले बताउनुभयो । घारका बल्लिका बरुवालबाट रु २१ लाखमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा रु सात लाखमा खरिद गरिएको खड्काले बताउनुभयो । रासस