८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार स्थापना दिवस
भ्रष्टाचार महारोग, तामा तुलसी चाहिने भयो: प्रधानमन्त्री ओली



अ+ अ-

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागी तामा तुलसी छुवाउनु पर्ने अबस्था उत्पन्न भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने पहिला पहिला तामा तुलसीको डरले पनि मान्छे भ्रष्टाचार गर्न अग्रसर हुदैन थियो तर अचेल डर भन्नेकुरा नै हरायो , भ्रष्ट्राचार गर्नेको पो सिर ठाडो गरेर हिड्ने अबस्था भयो ।

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुमा सरकारले कुनै पनि हस्तक्षेप तथा प्रभाव नपार्ने स्पष्ट पार्दै वर्तमान सरकारको मनशाय नै यस्ता संवैधानीक निकायहरुको स्वतन्त्रता रहेको बताउदै आगामी दिनमा भ्रष्टाचार विरूद्धकोअभियानमा थप सफलता प्राप्त होस् भनी आयोगलाई शुभकामना समेत व्यक्त गरे । उनले भ्रष्टाचारलाई समाजको महारोगको संज्ञा दिँदै भ्रष्टाचार विरुद्धको कारबाहीमा आयोगले हालका दिनहरुमा गरेका कार्यहरु तथा देखाएको क्रियाशिलताको प्रशंसा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रवपति भण्डारीले संवैधानिक निकायको रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धानआयोगका कामकारबाहीहरूबाट राज्यप्रदत्त सेवा र सुविधाहरू सरल र सहज रुपमाप्राप्त हुने व्यवस्था सुनिश्चित गर्न, विनियोजित स्रोत साधनको सदुपयोगगर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पुग्नेअपेक्षा व्यक्त गर्दै वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएको बताउदै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सरोकारवाला सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको उल्लेख गर्दै सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख आयुक्त नवीन कुमार घिमिरेले संविधान र कानूनले सुम्पेको जिम्मवारीअनुरुप भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्नेतर्फ सार्थक योगदान पुर्याकउनु नै आयोगको उद्देश्य भएको बताउँदै आयोग प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक विधिमार्फत् उद्देश्य प्राप्तितर्फ क्रियाशील रहेको कुरा निवेदन गर्दै आगामी दिनमा अझै दक्षता र प्रभावकारिताका साथ कार्यसम्पादन गर्नका लागि आयोगले हालै मात्र आफ्नो संस्थागत रणनीतिक योजना ९२०७६।७७(२०८०।८१० कार्यान्वयनमा ल्याई उक्त रणनीतिक योजना अनुरुप उल्लेखित तीन रणनीतिका अतिरिक्त संस्थागत क्षमता विकासलाई चौथो रणनीतिका रुपमा अंगिकार गरी प्रविधि, जनशक्ति र पूर्वाधार विकासमा जोड दिएको बताए ।

उनले आयोग रहरले नभई बाध्यताले अनुसन्धान कार्यमा प्रवेश गर्ने बताउँदै भ्रष्टाचार हुन नपाओस् भन्ने मनशायले आयोगले निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिमा जोड दिएको कुरा उल्लेख गरे । साथै उनले भ्रष्टाचार हुनुभन्दा अगावै रोकथाम गर्नु सबैभन्दा राम्रो रणनीति भएको तथ्य मनन गरी सार्वजनिक निकायहरूबाट नीति, पद्धति र सदाचारिताका आधारमा कार्यसम्पादन भएमा भ्रष्टाचारको रोकथाम हुनसक्ने बताउँदै सार्वजनिक सेवाप्रवाह र सार्वजनिक खरिदका कार्यहरू पूर्णतया कानूनी मापदण्ड र प्रक्रियाका आधारमा सञ्चालन भएमा धेरै हदसम्म भ्रष्टाचार हुनबाट रोक्न सकिने हुँदा आयोगले समन्वय र सहजीकरणका विभिन्न प्रयासहरुमा जोड दिंदै आएको बताए ।

उक्त अवसरमा उनले सामाजिक पद्धतिको उपपद्धतिका रुपमा स्थापित भ्रष्टाचारलाई न्यूनीकरण गर्न सबै निकायको सक्रिय सहयोग र साथको आवश्यकता रहेको बताउँदै वृहत्तर सामाजिक हितलाई केन्द्रमा राख्दै प्रत्येक सार्वजनिक पदाधिकारी र राष्ट्रसेवक कर्मचारीहरूले आ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गरेमा भ्रष्टाचार स्वतस् न्यूनीकरण भै सुशासन प्रवर्द्धन हुने कुरामा विश्वस्त हुन सकिने बताए । आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नमा उपस्थित सबै व्यक्तित्वहरूको सद्भाभाव आयोगलाई प्राप्त भएको अनुभूति हुनुका साथै आयोग परिवारलाई आगामी दिनमा थप उर्जा, हौसला र निष्ठासहित क्रियाशील रहन थप प्रेरणा प्राप्त भएको कुरा बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपतिले आयोगका २ जनाकर्मचारीहरूलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र १३जना कर्मचारीहरूलाईउत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गर्नुका साथै आयोगबाट प्रकाशितस्मारिका–२०७६ लोकार्पण समेत गरेकी थिईन । कार्यक्रममा प्रधानमन्त्रीले वक्तृत्वकला तर्फ रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मीका छात्र विक्रम पन्थी प्रथम तथा कविता तर्फ हेटौंडा क्याम्पस, हेटौंडा, मकवानपुरका छात्र पुजन ढुङ्गाना – प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेकी थिईन् । कार्यक्रमको उत्तरार्द्धमा सञ्चालित जनचेतनामूलक सांस्कृतिक कार्यक्रममाविभिन्न कलाकारहरूद्वारा भ्रष्टाचार विरूद्धका सन्देश प्रवाह गर्ने गित र नृत्य प्रस्तुत गरिएको थियो।