१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ



अ+ अ-

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै आज साँझ शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ वैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन विस्तार गर्नुभई नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीमा नियुक्त हुनुभएको छ ।

त्यसैगरी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहनुभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । रासस