२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गाप्रकरण: पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई भ्रष्टाचारमा कारबाही माग्दै सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । ललितानिवास जग्गाप्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र ड. बाबुराम भट्टराईको पनि संलग्नता रहेको दाबीसहित उनीहरुलाई पनि भ्रष्टाचार मुद्दामा कारबाही चलाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने सिंगो मन्त्रिपरिषद नै दोषी भएको दाबीसहित सो रिट दायर गरेका हुन् ।

प्रधानमन्त्रीसहित उनीहरुको मन्त्रिपरिषदका सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन उक्त रिटमा माग गरिएको छ । उनले बुधबार सो रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगतहुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको उनको दाबी छ । यस अघि मन्त्रिपरिषदका नीतिगत निर्णयलाई कारबाहीको दायरामा ल्याउन नसकिने अख्तियारले व्याख्या गरेको थियो ।