१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताउनु भयो । उहाँले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गर्नुभयो । आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उहाँको भनाइ । मन्त्री खरेलले अहिले भएका अल्झनहरुलाई सुल्झाउने काममा अझै आफू लाग्ने बताउनु भयो । अबको दुई महिनामा मन्त्रालयबाट हुने कुनैपनि अल्झनमा सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जरो हेरेर जानुभयो भने हाम्रो राजनीतिक प्रणालीमा एउटा मन्त्री, प्रधानमन्त्री भीममसेन थापाको पालादेखि अहिलेसम्म आउँदा ५ वर्ष एउटा प्रधानमन्त्रीले पूर्ण रुपमा देश चलाउन, कार्यकाल चलाउन नसकेको मुलुकको जनता र त्यसको अहिलेको मन्त्री म हुँ । कसरी बन्छ त देश ? तीन महिनामा कायापलट हुन्छ ? के ल्याउन सक्नुहुन्छ तपाईंले ? वि क्यान टु नो थिंक, नो चमत्कारिक वल्र्ड । मैले डे वानमा भनेको थिएँ, म कुनै चमत्कार गर्न सक्दिन । केही गर्न सक्दिन फरक छ तर दुःख त नदिउँ न ।’

मन्त्री खरेलले डिजिटल नेपाल रोडम्याप बनाउँदा आवश्यक बुँदाहरु समेट्न सुझाव दिन पनि आग्रह गर्नुभयो । संविधान संशोधन गर्नुपर्दैन भन्ने कुनै राजनीतिक दल नभएको बताउनु भयो ।