१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारलगायत विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

सो बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन र समानुपातिक उम्मेदवारको परिचालन कार्यविधिबारे पनि छलफल हुँदैछ ।

त्यसैगरी निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनका विषय बैठकको कार्यसूचीमा समावेश छन् ।