९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारप्रति एमालेको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ ।

एमालेको मंगलवार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन हुने कुनैपनि कार्य नर्गन आग्रह गरेको हो ।

एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताउनु भयो । स्थायी विश्व शान्तिको पक्षमा नेपाल रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै राष्ट्रहरू एउटै मूल्य र मान्यताका आधारमा अघि बढ्न एमालेले आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्नेमा एमाले स्पष्ट रहेको उहाँले बताउनु भयो । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हालै अमेरिकाले शैन्य पक्राउ गरी अमेरिकी अदालतमा पेश गरेको छ । उक्त घटनाप्रति एमालले विरोध जनाएको हो । एमालेले अन्तर्राष्ट्रिय समुदायलाई विश्व व्यवस्थातर्फ फर्कन आह्वान समेत गरेको छ ।

उहाँले भन्नुभयो, ‘हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा छौँ । हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा चल्नुपर्छ । मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ । अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन । यस्तो घटनाको हामी विरोध गर्दछौँ । विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ ।’ 

एमालेले जनकपुर र वीरगन्जमा भएको समाजिक सदभाव खलबलाउने घटनाप्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ ।