९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचनमा एमालेको ७ सिटमा दाबी



अ+ अ-

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा ७ वटा सिटमा दाबी गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकमा चुनावी तालमेल गर्दा प्रत्येक प्रदेशमा एक जना रहनेगरी ७ वटा सिटमा आफूहरूले दाबी गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

अहिलेसम्म कुनै उम्मेदवारको टुंगो नलागेको र उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको उनले बताए ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्न सहमत भइसकेको छ ।