२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको निर्देशनः देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले तयार रहनूस्



अ+ अ-

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधि सभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गर्नुभएको हो । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताउनु भयो । उहाँले अध्यक्ष ओलीले वाह्य रुपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको पनि बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई आन्दोलनकै रुपमा लिनुपर्ने बताउनु भयो ।

उहाँले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता सिर्जना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा कसरी जाने, के जाने भन्नेकुरा नेतृत्वको बीचमा छलफल हुनेकुरा स्वभाविक नै हो । वाह्य रुपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ । हामी त यसलाई आन्दोलनकै रुपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ । तयारी हाम्रो हुन्छ तर सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्योलता छ । एकै पटक नहुन सक्ने स्थिति छ, त्यसले पर सार्नसक्छ, खण्ड खण्डमा गर्नसक्छ । त्यसको लागि पन मनोवैज्ञानिक रुपले तयार हुनुपर्छ भन्नुभयो ।’

उहाँले खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रुपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिनुभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल