८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिका फूल व्यापारीबाट २२ लाख असुल



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आसपासमा फूल व्यापारीकाट २२ लाख बक्यौता असुल गरेको छ । पशुपति आसपासका टहरा हटाउन कोषले चौथो पटक सूचना निकालेसँगै २६ कजना व्यापारीबाट २२ लाख बक्यौता उठेको कोषले जनाएको छ । पहिलो चरणमा २६ जनालाई प्रथमिकतामा राखिएको छ । उनीहरूबाट सो रकम उठेको हो । सो व्यापारीबाट अब १ करोड उठाउन बाँकी रहेको कोषका सेवा सुविधा महाशाखा प्रमुख राजु रेग्मीले जानकारी दिएका छन् । रेग्मीका अनुसार पहिलो चरणमा २०६३ सालदेखि ०७६ माघ मसान्तसम्मको मासिक भाडादर बुझाउने गरी रकम रहेकाहरू प्राथमिकतामा परेका छन् ।

नयाँ भवनमा सार्न पहिलो चरणमा २६ जना व्यापारीहरू परेका छन् । २६ जना व्यापारीलाई गोला प्रथाबाट चयन गरेसँगै कोष दोस्रो चरणमा जानेछ । जसअनुसार दोस्रो चरणमा ३८ जना व्यापारी अटाउनेछन् । नयाँ संरचनामा जम्मा ६४ वटा कोठा रहेका छन् । उनले भने, ‘पहिलो चरणमा २६ र दोस्रोमा ३८ जनालाई राखेपछि त्यो संरचना भरिनेछ । बाँकी व्यापारीलाई व्यवस्थापनको पहल भइरहेको छ । २०७३ मा पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिको निर्णयअनुसार पसल सञ्चाल गरेका व्यवसायीहरूबाट भाडा लिने निर्णय भएको थियो । सुरुआती अवस्थाबाटै व्यापारीहरूले भाडा बुझाएका थिएनन् ।

पशुपति क्षेत्रमा भएको अतिक्रमणका कारण सौन्दर्यमा नकारात्मक असर परेको र भक्तजनहरूलाई हिँडडुल गर्न समस्या परेको भन्दै पशुपति क्षेत्र विकास कोषले त्यहाँ रहेका पसल तथा टहराहरू खाली गराउन भन्दै चौथो पटक सूचना जारी गरेको थियो । कोषको पूर्व सम्झौता परिषद्को निणर्य निवेदकहरूको छनोट गरी कोषले नवनिर्मात ६४ वटा कवलसमेतमा प्राप्त निवेदनअनुसार प्रथकिताका आधार सञ्चालन गराई नयाँ भाडादर कायम गराइने उल्लेख छ ।कोषले २०६० सालमा पशुपति परिसरका १ सय १९ घरहरू अतिग्रहण गरेको थियो । सो अधिग्रहण गरिएका पसलहरूलाई कोषले पसल गर्न दिने निणर्य गरेको थियो ।

२०७३ मा पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिको निर्णयअनुसार पसल सञ्चाल गरेका व्यवसायीहरूबाट भाडा लिने निर्णय भएको थियो । ०६६देखि जग्गा अधिग्रहणका परेका अर्थात पुरानालाई वार्षिक १ हजार र नयाँ सञ्चालकलाई ५ हजार भाडा तिर्नुपर्ने निर्णय भएको थियो । तर हालसम्म कार्यान्वयन हुन सकेको थिएन ।

पशुपति क्षेत्र विकास कोषमा तत्कालीन सदस्य सचिव सुशिल नाटा रहँदा टहरा बनाइ राखिएको हो । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबलीहरू, खुल्ला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, फकुण्डो क्षेत्रसमेतमा अव्यवस्थित तवरले छाप्रा बनाई फूल, उपहाजन्य पसल व्यवसाय गर्ने, बसोबास गर्ने कार्यहरू भइरहेको भन्दै तिनलाई हटाउन भनिएको छ । सूचनासँगै कोषले नयाँ संरचनामा व्यापारीलाई व्यवस्थित गराउने तवरले गत बिहीबार अर्को सूचना प्रकाशन गरेको थियो ।

सूचनाअनुसार सो अवधिभर आएका निवेदनहरूको छानबिन गर्दा पहिलो चरणमा पञ्चदेवलको पूर्वतर्फ फूल पसल सञ्चालन गरिरहेका २६ जनालाई प्राथामिकतामा राखिएको छ । कोषले व्यापारीको नामसहित तिर्नुपर्ने रकम तोकेर सूचना प्रकाशन गरेको छ ।

पुरानो भाडादर खारेज, अब ५ सय मात्र: कोषले ०७३ सालको सञ्चालक परिषद्को निर्णयअनुसार भाडा तिरेको भौचरसहित कोठा दाबी गर्न अनुरोध गरेको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डायनमन्त्री आनन्द पोखरेल कोष अध्यक्ष भएका बेला ०७३ सालमा टहरामा बस्नेको भाडा तोकिएको थियो । सो वेला तोकिएको भाडाअनुसार ०६६ सालबाट बसेकाहरूले मासिकरूपमा १ हजार रुपैयाँ र ०७३ सालबाट टहरामा बस्नेकालागि मासिक ५ हजारका दरले भाडा तिर्ने निर्णय गरेको थियो ।

‘त्यसरी अस्थायी संरचनामा बसेकाहरूलाई १ हजार लिन जायज हुँदैन भनेर नै कोषले त्यो निर्णयलाई खारेज गरेको हो’ खत्रीले भने, ‘पहिलेका नियमलाई काटेर फूल व्यापारीले ५ सय र भाँडा व्यवसायीले १ हजार रुपैयाँ बुझाउने निर्णय गरेका हौँ ।’ गत बुधबार यो निर्णय भएको उनले बताए । उनकाअनुसार अहिले बनेको नयाँ संरचनामा भने व्यापारीले मासिकरूपमा ५ हजार रुपैयाँ भाडा तोकिएको छ । सौर्य दैनिकबाट