२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस्तकालय नीति र ऐनबारे छलफल



अ+ अ-

काठमाडौँ। राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनबारे आज छलफल गरिएको छ ।

राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समिति सदस्य र सरोकार पक्षबीच छलफल गरिएको हो।छलफलमा पुस्तकालय नीति र ऐन सबै किसिमका पुस्तकालयलाई समेट्ने गरी बनाइनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समिति सभापति मायाप्रसाद शर्माले पुस्तकालयलाई अभिलेख, विभिन्न मुलुकसँग गरिएका सन्धि, सम्झौताजस्ता कुरा सुरक्षित राख्ने गरी अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले पुस्तकालयलाई अध्ययन अनुसन्धानको रुपमा विकास गर्न जरुरी रहेको समेत बताउनुभयो ।

छलफलमा समिति सदस्य गरिमा शाहले पुस्तकालय नीति र ऐनलाई चाँडै ल्याउनुपर्ने बताउनुभयो । यस्तै समिति सदस्य पदमबहादुर परियारले तह अनुसार पुस्तकालयको छुट्टाछुट्टै मापदण्ड बनाएर नीति र ऐन ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कम्तीमा पुस्तकालय हेर्ने जिम्मा सहसचिवलाई दिनुपर्ने बताउँदै प्रयोग विहिन पुस्तकालयलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य गोमादेवी तिमिल्सेनाले पुस्तकालयमा देखिएका समस्यालाई समाधान गर्नै किसिमले नीति तथा ऐन ल्याउनुपर्ने बताउनुभयो ।

नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालयको दर्ता अहिले पनि कहाँ गर्ने भन्ने अन्यौल रहेको अवस्थामा नीति र ऐनले पुस्तकालय दर्ताको ठाउँ, विधि र प्रक्रिया खुलाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले २३० पुस्तकालय सञ्चालनमा छन् । यस्तै सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डेले पाठकलाई पुस्तकालयसँग जोड्नुपर्ने भन्दै पुस्तकालय ऐनले फरक फरक पुस्तकालयलाई समेट्नुपर्ने धारणा राख्नुभयो । रासस