१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेत दुर्घटना
निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गयो, तीन घाईते



अ+ अ-

काठमाडौं । कुवेतको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ४ जना नेपालीको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । अरब टाइम्सका अनुसार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार पुरिएर ४ नेपालीको ज्यान गएको हो । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।

ढिस्कोमा पुरिएर घाइते हुने ३ को उपचार भइरहेको छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी नै छ । ढिस्कोमा पुरिएका सबै नेपालीहरु चिनियाँ कम्पनीका कामदारहरु हुन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।