काठमाडौं । कुवेतको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ४ जना नेपालीको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । अरब टाइम्सका अनुसार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार पुरिएर ४ नेपालीको ज्यान गएको हो । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।
ढिस्कोमा पुरिएर घाइते हुने ३ को उपचार भइरहेको छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी नै छ । ढिस्कोमा पुरिएका सबै नेपालीहरु चिनियाँ कम्पनीका कामदारहरु हुन् ।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।