२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा पुल्चोक क्याम्पसलाई हेलिकप्टर हस्तान्तरण



अ+ अ-

नेपाली सेनाको तर्फबाट संभाररथी उपरथी प्रभुराम शर्माले नेपाली सेनाको सर्भिस लाईफ पुरा भएको ALOUETTE III हेलिकप्टर गोटा १ (एक) तथा सो हेलिकप्टरसंग सम्बन्धित Beyond
Economic Repair (BER) भएका पार्टपूर्जाहरु श्री त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसलाई एक औपचारिक समारोहका बीच हस्तान्तरण गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा उपरथी शर्माले गौरवमय इतिहास बोकेको नेपाली सेनाले नेपाल सरकारद्वारा सुम्पिएका राष्ट्रिय गौरवका आयोजनाहरु तथा विभिन्न विकास निर्माणका कार्यहरु सम्पादन गर्दै आइरहेको र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको “कमाण्ड मार्ग निर्देशन-2075” अनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउन तयार रहेको बताए । नेपालमै पहिलो पटक संचालन भएको Aerospace Engineering अध्ययनमा व्यवहारिक ज्ञानको लागी विभिन्न काल खण्डमा महत्त्वपूर्ण कार्यहरुमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरुले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने विश्‍वास व्यक्त गरेका थिए ।

श्री त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा पुल्चोक ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन, पुल्चोक ईन्जिनियरिङ्ग कलेजका प्रमुख, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । श्री रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम ALOUETTE III Helicopter गोटा १ (एक) तथा सो हेलिकप्टरसंग सम्बन्धित Beyond Economic Repair (BER) भएका पार्टपूर्जाहरु सुचिकृत गरी  श्री त्रिभुवन विश्वविध्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसलाई Aerospace Engineering अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो ।

मिति द्दण्द्धठ साल जेष्ठ द्दघ गतेबाट नेपाली सेनामा प्रयोगमा आएको उक्त ALOUETTE III हेलिकप्टरले कुल चार हजार एक सय एक्‍काईस (4121) घण्टा उडान तथा नौ हजार सात सय बाउन्‍न (9752) Landing गरी मिति द्दण्ठछ चैत्र द्द गते अन्तिम उडान गरेको थियो । यस प्रकारको कार्यले उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको जनाईएको छ ।