२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा पुल्चोक क्याम्पसलाई हेलिकप्टर हस्तान्तरण



अ+ अ-

नेपाली सेनाको तर्फबाट संभाररथी उपरथी प्रभुराम शर्माले नेपाली सेनाको सर्भिस लाईफ पुरा भएको ALOUETTE III हेलिकप्टर गोटा १ (एक) तथा सो हेलिकप्टरसंग सम्बन्धित Beyond
Economic Repair (BER) भएका पार्टपूर्जाहरु श्री त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसलाई एक औपचारिक समारोहका बीच हस्तान्तरण गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा उपरथी शर्माले गौरवमय इतिहास बोकेको नेपाली सेनाले नेपाल सरकारद्वारा सुम्पिएका राष्ट्रिय गौरवका आयोजनाहरु तथा विभिन्न विकास निर्माणका कार्यहरु सम्पादन गर्दै आइरहेको र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको “कमाण्ड मार्ग निर्देशन-2075” अनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउन तयार रहेको बताए । नेपालमै पहिलो पटक संचालन भएको Aerospace Engineering अध्ययनमा व्यवहारिक ज्ञानको लागी विभिन्न काल खण्डमा महत्त्वपूर्ण कार्यहरुमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरुले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने विश्‍वास व्यक्त गरेका थिए ।

श्री त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा पुल्चोक ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन, पुल्चोक ईन्जिनियरिङ्ग कलेजका प्रमुख, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । श्री रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम ALOUETTE III Helicopter गोटा १ (एक) तथा सो हेलिकप्टरसंग सम्बन्धित Beyond Economic Repair (BER) भएका पार्टपूर्जाहरु सुचिकृत गरी  श्री त्रिभुवन विश्वविध्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसलाई Aerospace Engineering अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो ।

मिति द्दण्द्धठ साल जेष्ठ द्दघ गतेबाट नेपाली सेनामा प्रयोगमा आएको उक्त ALOUETTE III हेलिकप्टरले कुल चार हजार एक सय एक्‍काईस (4121) घण्टा उडान तथा नौ हजार सात सय बाउन्‍न (9752) Landing गरी मिति द्दण्ठछ चैत्र द्द गते अन्तिम उडान गरेको थियो । यस प्रकारको कार्यले उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको जनाईएको छ ।