६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौँमा आजः रास्वपाको समायोजन सभा, कांग्रेसको कार्य सम्पादन समिति बैठक

काठमाडौँमा आजः रास्वपाको समायोजन सभा, कांग्रेसको कार्य सम्पादन समिति बैठक
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार पार्टी एकीकरणलाई औपचारिकता दिँदै समायोजन सभा गर्ने भएको छ । यस सभालाई सो पार्टीले राजनीतिक समायोजन घोषणा सभाको नाम दिएको छ ।

यसअघि पनि बालेन साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी रास्वपामा समायोजना भए पनि औपचारिक रुपमा सभा गरेर घोषणा नगरिएकाले आजको सभा राखिएको सो पार्टीले जनाएको छ । साथै नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट-थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन गर्ने पनि तय भएको छ ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमाा आयोजना हुने सो घोषणा सभामा यी सबै पक्षको समायोजनका बारेमा औपचारिक रुपमा जानकारी गराइने भएको हो ।

हालै मात्र राजीनामा दिएका रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना पनि आज रास्वपामा समाजोजन हुनेछन् । रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता–कार्यकर्ताले रास्वपा रोजेका हुन् ।

उता आजै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको पछिल्लो विवादका बारेमा छलफल र निर्णय हुने भएको छ । सो बैठकमा पार्टीको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत शुक्रबार मात्र कार्यसम्पादन समितिको बैठक बसेर पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । तर पनि त्यसमा विशेष महाधिवेशनको माग गरिरहेको महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा समूह सहमत भएकाो छैन ।

सो समूहले यही पुस २६ देखि नै विशेष महाधिवेशनको आह्यान गरिसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव विचाराधीन अवस्थामा रहेकाले त्यसलाई मान्यता दिँदै महामन्त्रीद्धय समूहले विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

कांग्रेसमा विवाद चर्किँदै गएपछि फुट्को संघारमा पुगेको बताइएको छ । आजको कार्य सम्पादन समितिको बैठकले यी दुवै पक्षलाई मिलाएर निकास निकाल्नेगरी निर्णय गर्ने अपेक्षा गरिएको छ ।