९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्की आयोग गुण्डुमा: बयान कि पत्र साटासट ?



अ+ अ-

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धमा छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग घटनाको बारेमा जानकारी लिएको छ ।

आइतबार भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेको आयोगका कर्मचारीहरूले पत्र बुझाएको थियो भने ओलीले पनि घटना सम्बन्धमा आफूले बनाएको विवरण आयोगका कर्मचारीलाई दिनु भएको थियो ।

जाँचबुझ आयोगलाई बयान नदिने अडान राख्दै आउनु भएका ओली पछिल्लो दिन यता केही नरम हुनु भएको थियो । यसै गरी आयोगका अध्यक्ष तथा सदस्यहरुले पनि बल प्रयोग गरेर भएपनि आयोगमा ल्याएर बयान लिने अभिब्यक्ति दिदै आएका थिए ।

यो पनि पढ्नुहोस- ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्’

ओलीले आयोगको टोलीलाई आफूले सार्वजनिक रूपमै धारणा राखिसकेको भन्दै सञ्चारमाध्यमका सामग्री हेर्न समेत सुझाब दिनु भएको स्रोतले बतायो।

आयोग प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीसहित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि विभिन्न प्रश्न सोधेर पत्र पठाएको छ।

यो पनि पढ्नुहोस: ओली बयानका लागि नआए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष कार्कीको जवाफ: भोलिको कुरा भोलि नै हुन्छ

यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको थियो। लेखकले आयोगमा लिखित विवरण बुझाएको थियो।

ओलीले लिखित रूपमा घटनाको बारेमा जानकारी गराएपछि स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ ।आयोगका एक सदस्यका अनुसार स्थान हद हटाउने विषयमा केही दिनमै निर्णय गर्ने तयारी छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आईबार नै ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा पनि बयान दिनुभएको छ । जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो ।