२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी



अ+ अ-

काभ्रेपलाञ्चोक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको भन्दै क्याम्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको हो ।

प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेकामा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि बुधबार मूलगेटको तालाबन्दी खोलिएको छ । “क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि हिजो मूलगेटको मात्रै ताला खोल्यौँ, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ”, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भन्नुभयो । उहाँका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

क्याम्पस प्रशासनले सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको छ । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो । क्याम्पसलाई लापरवाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताउनुभयो ।

साथै, विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापक÷शिक्षकलाई कारवाही र निष्काशन गर्नुपर्ने, क्याम्पसले आप्mनो प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।

क्याम्पस प्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी गरेको र मूलगेट खोलेको विषयमा जानकारी नभएको बताउनुभयो । उहाँले केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्मत ढङ्गले कक्षा ११ र १२ को अध्यापन भइरहेको दाबी गर्नुभयो । विभिन्न सङ्कायमा करीब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए ।