१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको १० लाख रकमसहित पर्सामा तीन जना पक्राउ



अ+ अ-

पर्सा। पर्सा प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित तीन जनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २२ वर्षे पवनकुमार साह, सोही ठाउँका ३० वर्षे मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।