१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा निकुञ्जबाट आएका जङ्गली हात्तीद्वारा घर र बालीमा क्षति



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलियाका गाउँमा पसेर घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ । जङ्गली हात्तीले बस्तीमा प्रवेश गरी घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो ।

घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो । स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः निकुञ्जतर्फ फर्काइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने निजको करिब पाँच कठ्ठा जमिनमा लगाइएको उखु र पाँच कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरीबालीमा समेत क्षति पुगेको छ । घर भत्किएपछि चार जनाको परिवार अहिले भाइको घरमा बसोबास गरिरहेका उहाँले बताउनुभयो ।

त्यस्तै, सोही स्थानका नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकतर्फको पर्खाल भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाएर क्षति पुर्‍याएको छ । त्यसैगरी बिरजनी गिरीको काठ र माटोले बनेको एक कोठे कच्ची भान्सा घर भत्काई पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले जङ्गली जनावरको बारम्बार हुने प्रवेशका कारण असुरक्षित महसुस भइरहेको गुनासो गरेका छन् भने सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन् । रासस