१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा दुई उपसमिति गठन



अ+ अ-

काठमाडौँ, २० पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेदवार छनोट र उक्त प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको बताउनुभयो । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ । यस्तै, पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्‍याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको झाले जानकारी दिनुभयो ।रासस