१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पदावधि झन्डै पाँच महिना मात्र, जिम्मेवारी धेरै

पदावधि झन्डै पाँच महिना मात्र, जिम्मेवारी धेरै
अ अ+ अ-

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको पदावधि झन्डै पाँच महिना मात्र रहनेछ। उनका जिम्मेवारी भने धेरै देखिएका छन्। उनले पदभार सम्हाल्दै गर्दा तत्कालीन आईजीपी सर्वेन्द्र खनालसहित विभाग, प्रदेश प्रहरी र विभिन्न निर्देशनालयका प्रमुख एकसाथ बिदाइ भए। विभागमा एआईजी, प्रदेश प्रहरी र विभिन्न निर्देशनालयमा डीआईजी प्रमुख रहन्छन्। यो रिक्तता लामो समय रहे प्रहरीको दैनिक कामकाजमा गम्भीर असर पर्ने देखिन्छ। उपल्लो तहका प्रहरी अधिकृत खाली हुँदा त्यसको भार आईजीपीले थेग्नुपर्ने हुन्छ।

नेपाल राष्ट्रिय प्रहरी प्रतिष्ठान, अपराध एवं कार्य विभाग, प्रशासन, प्रबन्ध, प्रदेश प्रहरीको २ र ७ बाहेक पाँच प्रदेश, अन्वेषण योजना निर्देशनालय, वृत्तिविकास निर्देशनालय, ट्राफिक निर्देशनालय, महिला बालबालिका तथा सेवा निर्देशनालयलगायत प्रमुखविहीन छन्। सुरुमा एआईजी बढुवा गरे मात्रै अन्य पदमा बढुवाको बाटो खुल्ने देखिन्छ। इन्स्पेक्टरदेखि एआईजीसम्मका लागि छुट्टाछुट्टै बढुवा समिति हुन्छन्। त्यसमा गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी सम्मिलित हुन्छन्। प्रहरी बढुवामा राजनीतिक दबाब र चासो यसअघि नभएको होइन।

ज्ञवालीले पनि राजनीतिक दबाब झेल्ने वा थेग्ने दुई विकल्पमा आफूलाई तयार राख्नुपर्ने देखिन्छ। ‘सरुवा–बढुवा पारदर्शी गर्छु’, बुधबार मातहतका निकायलाई निर्देशन दिँदै उनले भने, ‘कार्यसम्पादन र मूल्यांकनलाई प्रमुख आधार बनाउँछु।’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले बढुवा प्रक्रिया सरासर अगाडि नबढ्ने हो भने रिक्तताको अवस्था हुने बताए। ‘संगठनलाई स्थिर बनाउन आईजीपीले तत्काल बढुवा समितिको बैठक बसाल्न गृहमन्त्री वा गृहसचिवलाई मनाउन सक्नुपर्छ’, ती अधिकारीले भने। उनका अनुसार प्रदेश प्रहरी प्रमुख नहुँदा दैनिक रिपोर्टिङ आईजीपीलाई गर्नुपर्ने अवस्था आउँछ।

प्रबन्धको प्रमुख नहुँदा खरिदबिक्रीमै समस्या आउँछ। विभागीय प्रमुख नहुँदा दोस्रो र तेस्रो तहका प्रहरीले जोखिम लिन नचाहेपछि सिधै रिपोर्टिङ गर्नुपर्ने अवस्था आउँदा सबैको कार्यभार आईजीपीमाथि आउने उनको ठम्याइ छ। बढुवापछि पदस्थापन र सरुवामा पनि ज्ञवालीले धेरै समय खर्चिनुपर्ने हुन्छ। काठमाडौं परिसर, अपराध महाशाखा प्रमुखलगायत संघीय प्रहरी इकाइका प्रमुखहरूसमेत बढुवाका प्रतिस्पर्धी छन्। काठमाडौं प्रहरी प्रमुख कसलाई पठाउने भन्नेमा राजनीतिक चासो हुन्छ। यस्तो अवस्थामा ज्ञवालीले कार्यसम्पादन मूल्यांकन राम्रो भएको, क्षमता र अनुभवीलाई पठाउने वा राजनीतिक लबिङबाट आएका नाम छनोट गर्ने भन्नेमै दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ।

संगठनमा पछिल्लो पटक हरेक अधिकृतलाई जिल्ला इन्चार्ज पाउनुपर्ने, हरेक सरुवामा इन्चार्ज नै हुनुपर्ने मानसिकता देखिएको छ। यसलाई ज्ञवालीले कसरी चिर्छन्, आउने कार्यशैलीले देखाउँछ। पदावधि छउञ्जेल संगठनमा बस्ने र त्यसपछि असन्तुष्टि सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने गलत प्रवृत्तिलाई ज्ञवालीले चिर्नु छ। संगठनमा मौलाएको गुट र उपगुटलाई पनि उनले चिर्नुपर्ने आवश्यकता छ। तत्कालीन आईजीपी खनालले बेरुजु फस्र्योटमा दुईपटक प्रहरीलाई सर्वोत्कृष्ट बनाएका। त्यो साखलाई पनि ज्ञवालीले कायम राख्नुपर्ने चुनौती छ।

उनले बढुवा प्रक्रिया केही दिनभित्रै अघि बढाउने बताए। ‘भर्खरै नियुक्त भएको छु। मन्त्रालयसँग समन्वय गरी बढुवा प्रक्रियालाई कसरी तत्काल अघि बढाउने भनेर छलफल गर्छु’, उनले भने, ‘चाँडै निक्र्योल हुन्छ।’ बढुवा प्रक्रिया पारदर्शी ढंगले अघि बढ्ने उनको भनाइ छ। उनले आफ्नो कुनै गुट र उपगुट नभएको प्रस्ट पारे। ‘म गुट र उपगुटलाई ख्याल गर्दिनँ, कामलाई हेर्छु। जिम्मेवारीलाई हेर्छु’, उनले भने, ‘सरकारले दिएको जिम्मेवारीलाई उत्तरदायी र जवाफदेही भएर पूरा गर्छु।’

कुन पदमा कति खाली ?

  • एआईजी ३
  • डीआईजी २२
  • एसएसपी ३१
  • एसपी ३७
  • डीएसपी ७०
  • इन्स्पेक्टर २०० अन्नपुर्णपोष्ट दैनिकबाट