१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह



अ+ अ-

टेबलटेनिसमा संयोग र अन्जुलाई स्वर्ण: आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । संयोग ब्वाइज तथा अन्जु गल्र्समा च्याम्पियन बने । नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको ब्वाइज फाइनलमा संयोगले प्रिमियरका राजाराम थापालाई ११–७, ११–४, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिशगोपाल श्रेष्ठ तेश्रो भए ।

हिसान जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्सको प्रतिस्पर्धात्मक फाइनलमा अन्जुले आफ्नै कलेजकी मनीषा सुवाललाई ११–८, ७–११, ११–६, ११–९, ९–११ र ११–५ को सेटमा हराइन् । प्रिमियरकी यसश्वी बस्नेत र हिमालयनकी एलिसा कार्की संयुक्त रुपमा तेश्रो भए । विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्षद्वय युवराज शर्मा र नवराज पाण्डे, आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई सिंगल्स स्पर्धा समावेश टेबलटेनिसको ब्वाइजमा ३५ तथा गल्र्समा १६ खेलाडी सहभागी थिए ।

बास्केटबलः मोर्गन सेमिफाइनलमा मोर्गन पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ । बसुन्धरास्थित ऋत एकेडेमीमा भएको खेलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई २५–१७ ले पराजित गर्यो । मोर्गनको जितमा सिमरन महर्जनले १० अंक योगदान गरिन् । ब्वाइजमा ऋत एकेडेमी, साइपाल एकेडेमी, बर्न हार्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ऋतले काठमाडौं भ्यालीलाई ३०–१७, साइपालले एडमार्कलाई ४७–१३, बर्न हार्टले नोबेल एकेडेमीलाई २७–२६ र सीसीआरसीले नवोदितलाई ४२–२३ ले हराए । ऋतका ललित भण्डारीले १३, साइपालका सागर लामाले १४, बर्न हार्टका दीपेश महर्जनले ११ र सीसीआरसीका सिजन महतले १८ स्कोर गरे ।

भलिबलः सीसीआरसी र प्रिसियस सेमिफाइलनमा सीसीआरसी र प्रिसियस पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलको ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेका छन् । ऋत एकेडेमीमा भएको खेलमा सीसीआरसीले टाइम्सलाई २५–१६ र २५–२२ तथा प्रिसियसले हिमालयनलाई २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरे । ब्वाइजमै ग्लेसियर, एन्जल्स हार्ट, जुबिलियन्ट र गीताञ्जली क्वाटरफाइनलमा पुगे ।