४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह

पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह
अ+ अ-

टेबलटेनिसमा संयोग र अन्जुलाई स्वर्ण: आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । संयोग ब्वाइज तथा अन्जु गल्र्समा च्याम्पियन बने । नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको ब्वाइज फाइनलमा संयोगले प्रिमियरका राजाराम थापालाई ११–७, ११–४, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिशगोपाल श्रेष्ठ तेश्रो भए ।

हिसान जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्सको प्रतिस्पर्धात्मक फाइनलमा अन्जुले आफ्नै कलेजकी मनीषा सुवाललाई ११–८, ७–११, ११–६, ११–९, ९–११ र ११–५ को सेटमा हराइन् । प्रिमियरकी यसश्वी बस्नेत र हिमालयनकी एलिसा कार्की संयुक्त रुपमा तेश्रो भए । विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्षद्वय युवराज शर्मा र नवराज पाण्डे, आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई सिंगल्स स्पर्धा समावेश टेबलटेनिसको ब्वाइजमा ३५ तथा गल्र्समा १६ खेलाडी सहभागी थिए ।

बास्केटबलः मोर्गन सेमिफाइनलमा मोर्गन पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ । बसुन्धरास्थित ऋत एकेडेमीमा भएको खेलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई २५–१७ ले पराजित गर्यो । मोर्गनको जितमा सिमरन महर्जनले १० अंक योगदान गरिन् । ब्वाइजमा ऋत एकेडेमी, साइपाल एकेडेमी, बर्न हार्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ऋतले काठमाडौं भ्यालीलाई ३०–१७, साइपालले एडमार्कलाई ४७–१३, बर्न हार्टले नोबेल एकेडेमीलाई २७–२६ र सीसीआरसीले नवोदितलाई ४२–२३ ले हराए । ऋतका ललित भण्डारीले १३, साइपालका सागर लामाले १४, बर्न हार्टका दीपेश महर्जनले ११ र सीसीआरसीका सिजन महतले १८ स्कोर गरे ।

भलिबलः सीसीआरसी र प्रिसियस सेमिफाइलनमा सीसीआरसी र प्रिसियस पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलको ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेका छन् । ऋत एकेडेमीमा भएको खेलमा सीसीआरसीले टाइम्सलाई २५–१६ र २५–२२ तथा प्रिसियसले हिमालयनलाई २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरे । ब्वाइजमै ग्लेसियर, एन्जल्स हार्ट, जुबिलियन्ट र गीताञ्जली क्वाटरफाइनलमा पुगे ।