२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैँलाई गोली हानी एक प्रहरी जवान गम्भीर घाइते



अ+ अ-

सिन्धुली । जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भने । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।