३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित



अ+ अ-

काठमाडौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभ बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमाा सम्पन्न भएको हो । 

उक्त साधारण सभाले बैंककोे चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम रु. ६३,०९,४८,३०९.२१ (अक्षरेपी त्रिसठ्ठी करोड नौ लाख अड्चालीस हजार तीन सय नौ रुपैयाँ र पैसा एक्काईस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५% दरले हुन आउने रकम रु. ३,३२,०७,८०५.७५ (अक्षरेपी तीन करोड बत्तीस लाख सात हजार आठ सय पाँच रुपैयाँ र पैसा पचहत्तर मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको हाल चुक्ता पूँजी रु.९,४८,७९,४४,४९९.३९ (अक्षरेपी नौ अर्ब अड्चालीस करोड उनानअस्सी लाख चौवालीस हजार चार सय उनान्सय रुपैयाँ र पैसा उनान्चालीस मात्र) रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजीमा बृद्धि गरी रु.१०,११,८८,९२,८०८.६० (अक्षरेपी दश अर्ब एघार करोड अठासी लाख बयानब्बे हजार आठ सय आठ रुपैयाँ र पैसा साठी मात्र) कायम हुन गएको छ । 

साथै सनराइज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।