१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

खेलमा पहिलो अग्रता भने एनआरटीले लियो । खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै हिमालयन शेर्पाले खेलको पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । हिमालयन शेर्पाका विदेशी खेलाडी स्टेफन समिरले खेलको ४१औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालयन शेर्पाले एक गोल थप्यो । हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि अन्ततः हिमालनय शेर्पाले २–१ को जित हात पार्यो । जितसँगै हिमालयन शेर्पा १४ अङ्क जोड्दै तालिकाको दशौँ स्थानमा रहेको छ । यता १५ अङ्क जोडेको पराजित एनआरटी नवौँ स्थानमा छ ।