६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मुक्तिनाथ विकास बैंककाे “मुक्तिनाथ एग्री फाइनान्स ३६०” कार्यक्रम एक कोशेढुंगा

मुक्तिनाथ विकास बैंककाे “मुक्तिनाथ एग्री फाइनान्स ३६०” कार्यक्रम एक कोशेढुंगा
अ+ अ-

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा योगदान पुर्‍याउने उद्देश्यसहित “Muktinath Agri-Finance 360” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच उत्प्रेरणात्मक वातावरण निर्माण आवश्यक रहेको बताए ।

उनले कृषि लगानी विस्तार र कर्जा गुणस्तर सुदृढ गर्न क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । साथै महिला–मैत्री कृषि, प्रविधिसँग जोडिएको युवा लक्षित स्वरोजगार, साना किसानको वित्तीय पहुँच विस्तार र स्तरोन्नतिका लागि सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। सरकारले छिट्टै नयाँ कृषि नीति ल्याउने तयारी गरिरहेको जानकारी पनि उनले दिए ।

विशेष अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको पूर्ण मूल्य शृंखला विकासमा राज्य, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सहकार्य अपरिहार्य रहेको बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि सम्बन्धी सहायक कम्पनी स्थापना गरी मूल्य शृंखला सुदृढ गर्न सक्ने सुझाव दिँदै यसमा नेपाल राष्ट्र बैंकको समन्वय आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा की–नोट वक्ताका रूपमा बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीका चुनौती र अवसर” विषयमा प्रस्तुति दिए । उनले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, न्यून उत्पादकत्व र संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए । साथै डिजिटल वित्तीय सेवा, वैकल्पिक कर्जा मूल्याङ्कन प्रणाली, मूल्य शृंखला विस्तार, कृषि बीमा र निजी क्षेत्रसँगको सहकार्यलाई सम्भावनाका रूपमा प्रस्तुत गरे ।

त्यसैगरी “नेपालमा कृषि उद्यम कसरी फस्टाउन सक्छ?” विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलको संयोजन बैंकिङ्ग विशेषज्ञ भुवन दाहालले गरेका थिए भने प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत तथा कृषक उद्यमी बिमला आचार्य दहाल सहभागी भए ।

प्यानल छलफलबाट कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्ने, कर्जा जोखिम व्यवस्थापनमा नीतिगत सुधार गर्ने, वित्तीय संस्थालाई उत्प्रेरणात्मक वातावरण दिने, मूल्य शृंखलामा आधारित सहकार्य प्रवर्द्धन गर्ने, प्रदेशस्तरमा भण्डारण, नमूना खेती र बजार सुनिश्चित गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने तथा प्रविधिमैत्री कृषि विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको थियो।

कार्यक्रममा नेपाल सरकारका कृषि निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैरसरकारी संस्था, विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता, कृषि सहकारी, उद्यमी, निजी क्षेत्र र सञ्चारकर्मी गरी करिब ३५० जनाको सहभागिता रहेको थियो।

बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक उमेश कुमार आचार्यले राखेका थिए भने कार्यक्रमको समापन टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए ।

बैंकिङ्ग क्षेत्रमा सम्भवतः पहिलो पटक आयोजना गरिएको यस किसिमको कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याई भविष्यको मार्गचित्र कोर्न सफल भएको भन्दै यसलाई कृषि वित्तको क्षेत्रमा एक कोशेढुंगाका रूपमा लिइएको छ। मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण समृद्धि, वित्तीय समावेशीकरण र कृषि उद्यम प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ।