१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता, ११ औँ दिनमा अनसन तोडियो



अ+ अ-

काठमाडौं: डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारबीच ६ बुँदे सहमति भएपछि उनीहरूले ११ औँ दिनमा जारी अनसन तोडेका छन्।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाउँदै अनसन औपचारिक रूपमा तोड्नुभएको हो।

सहमति पत्रमा डा. भुसाल र विष्टका साथै सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको छ। सहमतिमा उठाइएका मागहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारको रहेको जनाइएको छ।

प्रधानमन्त्री कार्कीले वार्ताबाट समस्याको समाधान भएको भन्दै संवाद र सहमतिमार्फत लोकतान्त्रिक ढंगले विषय टुंग्याइएको उल्लेख गर्नुभयो।

तस्बिरः सरोज नेपाल