७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विषयमा छलफल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बसेको छ ।

बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल गरेको छ । कार्यदलका सदस्य भीमबहादुर रावलले अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल भएको बताउनुभयो । उहाँले समितिले तथ्यको आधारमा छलफल गरेको र छलफलका विषयहरु अभिलेख गर्ने निर्णय भएको बताउनुभयो ।

रावलेल एमसीसीका विषयमा प्राप्त सामग्रीहरुमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने निर्णय पनि गरिएको बताउनुभयो । कार्यदलको बैठक छिट्टै बस्ने उहाँले बताउनुभयो । नेकपाभित्रै एमसीसीका विषयमा तिव्र आलोचना भएपछि नेकपा केन्द्रीय समितिको बैठकले एमसीसीका विषयमा अध्ययन समिति गठनको मागको गरेको थियो । केन्द्रीय सदस्यहरुको माग अनुसार गठन भएको समितिले १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएपनि समितिले भने अझै समयको माग गरेको छ ।