१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चीनले विभिन्न मुलुकसँग विश्व शान्ति र पूर्ण विकासको रचना गर्ने इच्छा लिएको छ

चीनले विभिन्न मुलुकसँग विश्व शान्ति र पूर्ण विकासको रचना गर्ने इच्छा लिएको छ
अ अ+ अ-

सबैलाई नमस्कार। पुरानो वर्षलाई विदाइ गर्दै नव वर्ष आउँदैछ। नव वर्ष आउन लागेको बेलामा मैले पैचिङबाट सबैलाई मंगलमय शुभकामना व्यक्त गर्दछु।

सन् २०२५ “चौधौँ पञ्चवर्षीय योजना”को अन्तिम वर्ष हो। बितेका पाँच वर्षयता अथक प्रयास गरी हामी दृढ रुपमा अघि सरेका छौँ र विभिन्न कठिनाइ र चुनौतीलाई पार गरी पूर्णतया लक्ष्य भेटेका छौँ जसबाट चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा सुदृढ पाइला चालेका छौँ।

चीनको कूल आर्थिक मात्राले लगातार नयाँ उचाइमा पुगेर यसै वर्ष १४०० खर्ब युआन पुग्ने अनुमान छ। आर्थिक शक्ति,वैज्ञानिक तथा प्राविधिक शक्ति,रक्षा शक्ति लगायत समग्र शक्तिमा नयाँ छलाङ मारिएको छ। स्वच्छ जल र हरियो पहाड विकासको रंगीन आधार बनेको छ,सर्वसाधारणको प्राप्त अनुभव,सुखमय अनुभव र सुरक्षा अनुभव बढ्दै आएको छ। पाँच वर्षको यात्रा साह्रै असामान्य थियो भने उपलब्धिहरु प्राप्त गर्न कठीन थियो। सबैले उत्साहपूर्वक कोशिस र समर्पण गरी समृद्ध चीन बनाएका छन्। मेहनतपूर्वक काम गरेका हरेकलाई म सलाम गर्न चाहन्छु।

सन् २०२५ मा बिर्सन गाह्रो कुरा के हो भने हामीले चिनियाँ जनताको जापान विरोधी युद्ध एवम विश्व फासिवाद विरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सव भव्य रुपमा मनाएका छौँ र थाइवान पुनरुत्थान स्मरण दिवस स्थापना गरेका छौँ। समारोह निकै भव्य छ भने विजयको गौरब इतिहासको किताबमा दीर्घकालदेखि लेखिएको छ। चिनियाँहरुलाई इतिहास सम्झना गर्न,शहीदको स्मरण गर्न,शान्तिलाई माया गर्न र भविष्य निर्माण गर्न प्रोत्साहन गरी चीन राष्ट्रको महान पुनरुत्थानको शक्ति संकलन गरेको छ।

हामीले नवीन सिर्जनामार्फत उच्च गुणस्तरीय विकासलाई शक्ति प्रदान गरेका छौँ। विज्ञान तथा प्रविधि र उद्योग गहिरो रुपमा मिसिएको छ,नवीन सिर्जनाको उपलब्धि एकपछि अर्को गरी देखिएको छ,कृत्रिम बुद्धिमत्ता अर्थात् एआई बिग डाटा समृद्ध रुपमा विकास भएको छ,चिप्सको स्वअनुसन्धान र विकासमा नयाँ प्रगति भएको छ,चीन नवीन सिर्जनाशक्ति भएको सबभन्दा तीब्र आर्थिक समूहमध्येको एक बनेको छ। थेन वन नं २ प्रक्षेपण गरिएको छ,ब्रम्हपुत्र तल्लो भागको जल विद्युत परियोजनाको निर्माण सुरु भएको छ,पहिलो विद्युतीय चुम्बकीय प्रक्षेपणयुक्त विमान वाहक जहाज ‍औपचारिक रुपमा संचालनमा ल्याइएको छ। मानव रोबोटले“चिनियाँ कुङ्फु”खेलेर देखाएको छ,ड्रोन “लाइट शो”गरिएको छ। नवीन सिर्जनाले नयाँ गुणस्तरीय उत्पादन शक्ति प्रबर्द्धन गर्नुका साथै जनजीवनलाई पनि रमाइलो बनाएको छ।
हामीले संस्कृतिमार्फत भावनालाई सुन्दर बनाएका छौँ। सांस्कृतिक संग्रहालय,अमूर्त साँस्कृतिक सम्पदाको लोकप्रियता बढ्दैआएको छ,विश्व सम्पदा सूचिमा अरु पनि सम्पदा थपिएका छन्,चिनियाँ कार्टुन क्यारेक्टर वुखुङ र नचा विश्वव्यापी लोकप्रिय भएका छन्,परम्परागत चिनियाँ संस्कृति युवाहरुका आँखामा शीर्ष सुन्दरता बनेको छ। साँस्कृतिक पर्यटन बजार भीडभाडमय छ, शहर र गाउँमा फुटबल र बास्केटबल प्रतियोगिता अत्यन्तै रमाइलो छ,बरफ खेलकुदले हिउँद ऋतुको उत्साहलाई बढाएको छ। परम्परा र आधुनिकताको मिश्रणबाट चिनियाँ संस्कृतिको अझ उज्यालो र रंगीन प्रकाश छरिएको छ।
हामीले संयुक्त रुपमा असल जीवन सिर्जना गरेका छौँ। म तिब्बत अर्थात् सिचाङ र सिनच्याङको स्थापना दिवस समारोहमा उपस्थित भएको छु। हिमाली पठारदेखि थेनशानसम्म,विभिन्न जातिका सर्वसाधारणका मन र हात आपसमा मिलाएर अनारका दानाजस्तो घनिष्ठ रुपमा अँगालिएका छन्। सबैले सेतो खादा र उत्साहपूर्वक नाचगानमार्फत मातृभूमिको माया र सुखमय जीवनको प्रशंसा गरेका छन्। जनजीवनको कुरा सानो हैन भन्ने सोचेर हरेक कुरामा ध्यान दिएको छु। गत एक वर्षमा नयाँ रोजगार समूहको हितको अरु प्रत्याभूति गरिएको छ,अनुकूलित पुनःनिर्माणले वृद्धवृद्धालाई सुविधा दिएको छ,बच्चा हुर्काउने परिवारले हरेक महिना थप ३०० युआन भत्ता पाएका छन्। चारै सिजनमा पर्याप्त खाने पिउने कुरा छ भने प्रत्येक परिवार सुखी हुनेछ र यसरी नै चिनियाँ ठूलो परिवार पनि समृद्ध हुनेछ।
हामीले विश्वलाई अरु खुला भएर अँगालेका छौँ। शाङहाइ सहयोग संगठन थेनचिन शिखर सम्मेलन र विश्व महिला शिखर सम्मेलनको सफलतापूर्वक आयोजना गरिएको छ भने हाइनान स्वतन्त्र बन्दरगाह करमुक्त बनाइएको छ। जलवायु परिवर्तनको अझ राम्ररी सामना गर्न चीनले नयाँ चरणको राष्ट्रिय योगदान गर्न स्वघोषणा गरेको छ। “तीनवटा पहल”पछि मैले विश्व शासन पहल प्रस्तुत गरी अझ न्यायिक तथा निष्पक्ष विश्व शासन प्रणालीको निर्माण गर्न अघि सरेको छु। हालै विश्वमा उतारचढाव छ,केही क्षेत्रमा अझै युद्ध छ। इतिहासको सही पक्षमा उभिएर चीनले विभिन्न मुलुकसँग विश्व शान्ति र पूर्ण विकास एवं मानवजातिको भाग्य समुदायको रचना गर्ने इच्छा लिएको छ।
छोटो समयअघि म राष्ट्रिय खेलकुद उद्घाटन समारोहमा उपस्थित भएको थिएँ,क्वाङतुङ,हङकङ,मकाउ समेत तीन क्षेत्र एकीकृत भएर सँगै हिँडेको देखेर निकै खुशी लागेको छ। “एक चीन दुई प्रणाली”नीतिको सुदृढ रुपमा पालना गरी हङकङ,मकाउलाई राष्ट्रिय विकासको महान स्थिति अनुकूल दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न समर्थन मिलेको छ। थाइवान जलडमरुका दुई किनारका देशबन्धु एकै परिवारका हुन्,मातृभूमि एकीकरणको ऐतिहासिक प्रवृत्ति अवरुद्ध हुने छैन।
पार्टी विकास भए मात्र देश बलियो हुनसक्छ। हामीले केन्द्रिय समितिका आठ वटा नियम शिक्षाको गहन रुपमा पालना गरी गहिरो तथा कडा रुपमा पार्टीको शासन र स्वयं क्रान्ति गरेका छौँ,पार्टी र प्रशासनको शैली र वातावरण राम्रो हुँदैआएको छ। प्रारम्भिक उद्देश्य र जिम्मेवारी लिएर लामो समयसम्म अथक प्रयास गरी येनआनको “गुफा प्रश्न”को उत्तर दिएर जनतालाई सन्तोषजनक नतिजा दिनुपर्छ।
सन् २०२६ पन्ध्रौँ पञ्च वर्षीय योजना संचालन हुने पहिलो वर्ष हो। अन्ततः सफलता पाउनका लागि सुरुवातमा प्रयास गर्नुपर्छ। हामीले लक्ष्यलाई निश्चित गरी विश्वासलाई सुदृढ पारेर विकासको प्रवृत्तिसँग उच्च गुणस्तरीय विकासलाई दृढ रुपमा प्रबर्द्धन गर्नुपर्छ साथै सुधार तथा खुलापनलाई व्यापक रुपमा गहन पारी समस्त जनताको संयुक्त समृद्धिको चमत्कारको नयाँ अध्याय सुरु भएको छ।
पहाड र समुद्र पार भएर सपनाको खोजी गर्दा टाढा सोच्नुहुँदैन । अगाडिको बाटो अप्ठ्यारो भए पनि ठूलो पाइला चाल्नुपर्छ। घोडा चढ्ने उत्साह,हजारौँ घोडा दौडेबराबरको शक्ति र अविच्छिन्न भावना लिएर हामी सपना साकार तुल्याउन प्रयास गरौँ र सुखमय जीवनको लागि लडोँ। महान इच्छालाई सुन्दर वास्तविकतामा परिणत गरौँ।
नव वर्षको सूर्योदय हुनै लागेको छ। मातृभूमिको पहाड तथा नदी भव्य र सुन्दर हुने,जमीन उर्वर हुने र देश समृद्धिको घामले ढाकिने कामना गर्दछु। सबैको जीवनमा खुशीयाली छाओस्, कार्य सफलता र मनका इच्छा पूरा होउन् ।
सन् २०२६ नयाँ वर्षका लागि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन चाइना मिडिया ग्रुपबाट साभार