९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा



अ+ अ-

काठमाडौँ । भाद्र २३ र २४ गते भएका घटनासँग सम्बन्धित जाँचबुझका लागि गठित आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगको सचिवालयले जारी गरेको सूचनामा लेखकलाई विदेश भ्रमण गर्न तथा काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी लगाइएको पूर्व निर्णय हटाइएको जानकारी दिइएको हो।

यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमति बिना उपत्यका बाहिर तथा विदेश भ्रमणमा जान रोक लगाएको थियो।

आयोगका अनुसार घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय गरिएको हो। आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा बयान प्रक्रिया समाप्त भएसँगै लेखकमाथिको कानुनी बन्देज खुला गरिएको उल्लेख छ।

यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित व्यक्ति रमेश लेखकलाई पठाइएको आयोगले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको आयोगले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जानकारी दिएको छ।