५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली बयानका लागि नआए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष कार्कीको जवाफः भोलिको कुरा भोलि नै हुन्छ



अ+ अ-

काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताउनु भयो । उहाँले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताउनु भयो । उहाँले काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो । एक महिना समय थप भएको छ । त्यस समयभित्रै बुझाउँछौँ । रमेश लेखकको बयान सकिसक्यो । ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ ।’

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आउनुभएन भने त्यहीबेलामा थप निर्णय हुने पनि बताउनु भयो ।