१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यकः गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ ।

बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरु बढिरहेको उल्लेख गर्दै ती अपराधहरु न्युनिकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो । नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीकोले विदेशी नागरिकको आवतजावत व्यवस्थित र सुरक्षित प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणालीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजि कार्यमा सहजिकरण गर्न, नेपालमा विदेशी नागरिकहरुको अवाञ्छित गतिविधिहरु नियन्त्रण गरी विभिन्न अपराधहरुको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षीत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजि कार्यमा सहजिकरण गर्न, नेपालमा विदेशी नागरिकहरुको अवाञ्छित गतिविधिहरु नियन्त्रण गरी विभिन्न अपराधहरुको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षीत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास लिएको छु । विश्वव्यापी रुपमा अन्तरदेशीय तथा विश्वव्यापी रुपमा अन्तरदेशीय तथा सीमापार सीमापार अपराधहरु (क्रस बोर्डर) अपरामा वृद्धि भइरहेको छ । यसका साथै अपराधमा प्रविधिको व्यापक प्रयोग भई नविन प्रकृतिका अपराधहरु बढिरहेका छन् । यस्ता नवीन प्रकृतिका विश्वव्यापी अपराधहरुलाई परिचान गरी अपराध न्यूनिनकरण तथा नियन्त्रण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सवलिकरण गर्न अध्यागमन प्रणालीको आधुनिकीकरण अपरीहार्य छ । विगत लामो समयदेखि नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्न केन्द्रित हुन आवश्यक रहेको छ ।’

उहाँले सरकार विधिको शासन, भ्रष्टाचार मुक्त र सुशासन कायम गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्न सम्पूर्ण रुपले निर्वाचनमा केन्द्रित रहेको पनि बताउनु भयो ।