१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो



अ+ अ-

काठमाडौँ । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालभर राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ । नेपाली टोपी: हाम्रो शान, हाम्रो पहिचान र मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक स्वाभिमानको पहिचान जस्ता नाराहरूसहित यो दिवस देशभर र विदेशमा रहेका नेपाली समुदायले उत्साहपूर्वक मनाएका छन् ।

जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायतका संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा ¥याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिएका छन् ।

सहभागीहरूले दौरा–सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू–चोलो लगायतका परम्परागत नेपाली पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र संवद्र्धनको सन्देश प्रवाह गरेका छन् । यो दिवसले नेपाली समाजमा राष्ट्रिय पोशाकप्रति युवा पुस्ताको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिन दबाब दिइरहेको छ ।