२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सबै पार्टी चुनावमा होमिए, कांग्रेसमा भने महाधिवेशनको गनगन

सबै पार्टी चुनावमा होमिए, कांग्रेसमा भने महाधिवेशनको गनगन
अ अ+ अ-

केही हप्तादेखि चुप लागेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो अकस्मात पुस महिनाभित्रै विशेष महाधिवेशन गरिने जानकारी सार्वजनिक गरे ।

राष्ट्रिय एकता दिवसको अवसर पारेर दिएको शुभकामना सन्देशमा उनले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन् ।

नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशन बोलाउने तयारी भएको उनको आसय थियो । महामन्त्री थापाकै निर्देशन र तयारीमा विशेष महाधिवेशन अघि बढाउन महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई सम्बोधन गरेर केन्द्रीय कार्यालय सानेपामा हालै एउटा स्मरणपत्र पनि बुझाएका थिए ।

उता हिजो नै एकता दिवसकै अवसरमा आएका नेपाली कांग्रेसका नेताहरुका सन्देशहरुमा भने अब निर्वाचनमा जानुपर्छ, पार्टीको महाधिवेशनमा लाग्नु हुँदैन भन्ने स्पष्ट विचार आएको छ । कांग्रेसको इतर पक्षका नेता डा शेखर कोइरालाले आफ्नो सन्देशमा अब महाधिवेशनको कुरा गर्ने समय घर्केको र देश आम निर्वाचनमा होमिइसकेकोले त्यसैको तयारी गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्— राष्ट्रिय एकता दिवसका अवसरमा म नेपाली कांग्रेसका सबै सदस्यहरुलाई यो भन्न चाहन्छु कि देश निर्वाचनमा होमिइसकेको छ, त्यसैले अब यो वा त्यो विवाद गर्ने नभएर निर्वाचनमै जानुपर्छ, त्यसो नगर्ने हो भने हामीले निर्वाचनमा राम्रो परिणाम ल्याउन सक्दैनौँ ।

यसअघि कोइरालाले महामन्त्रीले गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न नभएपछि पुस अन्तिममा बोलाइएको नियमित महाधिवेशन पनि सम्भव नभएको बताएका थिए । उनले सार्वजनिक रुपमा नै महामन्त्रीहरुले पार्टीको गर्नुपर्ने काम नगर्ने तर मिडियामा प्रचार मात्र गर्ने गरेको समेत बताएका थिए ।

निर्वाचन अघि अब पार्टीको महाधिवेशन हुन नसक्ने यही सन्देश कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दिइसकेका छन् । दुई दिन अघि केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति देउवाले क्रियाशील सदस्यता नवीकरण लगायतका अरु पनि कैयौँ काम सम्पन्न हुन नसक्दा अब निर्वाचन अघि महाधिवेशन सम्भव नभएको बताएका थिए ।

उनले तर आफूँ चुनाव अघि महाधिवेशनमा जान नहुने तर्क दिँदै भनेका थिए कि चुनाव मुखैमा आइसकेकोले अब चुनाव अघि महाधिवेशनका लागि पार्टीमा विभाजित अवस्था ल्याउन नहुने बताएका थिए ।

नेपाली कांग्रेसको महाधिवेशनमा पक्ष र विपक्ष त भैहाल्छ र हाम्रो पार्टी ठूलो पार्टी भएकाले देशव्यापी रुपमा नै महाधिवेशन लाग्दछ । त्यसैले चुनाव अघि महाधिवेशन गर्दा पार्टीका नेता कार्यकर्ता विभाजित रुपमा पक्ष विपक्षमा लाग्न सक्ने र यसले आम निर्वाचनमा पार्टीलाई असर गर्न सक्ने भएकाले चुनावपछि नै महाधिवेशन गर्दा ठिक हुने सभापति देउवाको तर्क छ । तर उनले विशेष महाधिवेशन अब सम्भव नभएको र यदि मिलेर गर्ने हो भने नियमित चाहिँ गर्न सकिने पनि बताएका थिए ।

तर आज फेरि महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले भने यसअघि नियमित महाधिवेशन भनेर तोकिएको पुस २६ का दिन नै विशेष महाधिवेशन गर्ने कुरा बाहिर ल्याएका छन् । कतिपय मिडियामा उनीहरुलाई नै कोट गरेर सो समाचार सम्प्रेषण पनि गरिएको छ ।

तर के त्यो सम्भव होला त एक हप्तामै ? यो प्रश्न कांग्रेसभित्र व्यापक मात्रामा उठेको छ । यसअघि नै कांग्रेसको केन्द्रीय कार्यसमितिले अहिलेका लागि विशेष महाधिवेशन नगर्ने र नियमित महाधिवेशन पुस २६ बाट गर्ने भनेर तोकिसकेकोले अब सो समयमा विशेष गर्न कसरी मिल्छ भनेर पार्टीभित्रै पनि प्रश्न उठेको छ ।

देश निर्वाचनमा होमिइसकेको छ । सबै पार्टीले समानुपातिक निर्वाचन प्रणालीको सूची आयोगलाई बुझाइसकेका छन् । अब प्रत्यक्ष उम्मेदबारी दर्ता गराउने कार्यतालिका पनि धेरै टाढा छैन । निर्वाचनलाई लक्षित गरेर अघिल्लो हप्ता पार्टीहरुबीच एकीकरण भयो र अहिले चुनावी गठबन्धन या चुनावी एकताका पहलहरु जारी छन् ।

सबै पार्टीहरु चुनावको तयारी एवं प्रचारमा जुटिसकेका छन् । कहिले कहाँ कहाँ चुनवी सभा राख्ने भनेर ठूला साना पार्टीहरुले समयतालिका हेरिरहेका छन् । सरकारले कुनै पनि हालतमा चुनाव नसर्ने बताइसकेको छ । मतदानकै पनि अब बढीमा दुई महिना मात्र समय रहेको छ । अनि यस्तो समयमा पार्टीभित्र गगन थापाको विशेष महाधिवेशनको गनगनले पार्टीलाई के फाइदा पुर्याउला भनेर पार्टीभित्रै चर्चा भइरहेको छ ।

त्यसैले यस्तो समयमा गगन थापाले देशव्यापी रुपमा निर्वाचनमा कांग्रेसका लागि माहोल बनाउँदै हिँड्नुपर्नेमा पार्टीकै विशेष महाधिवेशनको रटानमा रहन नहुने सुझाव उनी निकटकै कार्यकर्ताहरुले पनि दिइरहेका छन् । यसले गर्दा आगामी निर्वाचनमा उनकै अवस्थालाई पनि असर गर्न सक्ने उनीहरुको तर्क रहेको छ ।

अर्कातर्फ देश जेनजी आन्दोलनले पुर्याएको क्षतिको अवस्थामा रहेको र पार्टी सभापति उपचारार्थ अस्पतालमा रहेका बेला गगन र विश्वप्रकाशले संकलन गरेको विशेष महाधिवेशनको हस्ताक्षरमा अर्का नेता शेखर कोइराला पक्षीय महाधिवेशन प्रतिनिधिहरु पनि रहेकामा हाल कोइराला पक्षीय प्रतिनिधिहरु भने नियमित र चुनाव पछि महाधिवेशन गर्ने पक्षमा खुलिसकेका छन् ।

त्यसैले गगनले अघि सारेको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने ५४ प्रतिशत भनिएका प्रतिनिधिहरु नै नरहेको कोइराला पक्षका एक केन्द्रीय नेताले बताए । उनले भने— अब ती सबै प्रतिनिधि गगनको पक्षमा छैनन् । त्यसैले त्यो ५४ प्रतिशत देखाएर गरिने विशेष महाधिवेशन अवैध हुनसक्छ ।