२८ श्रावण २०८३, बिहीबार
,
Latest
उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर सरकारको कार्यसम्पादन कागजमा मात्र सिमित भएको सांसद रखालको आरोप चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन



अ+ अ-

पाटन (ललितपुर), १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यहाँस्थित ज्यापु सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

बुधबार साँझ मन्त्री खरेलले सङ्ग्रहालयकोे अवलोकनका साथै ज्यापु समाजका पदाधिकारीहरूसँग छलफल गर्नुभएको हो ।

“आफ्नो मौलिकता र सौन्दर्यले भरिपूर्ण यो सङ्ग्रहालयको महत महत्व छ, मौलिक कला, संस्कृति र सभ्यतामा धनी ज्यापु समुदायले माटोप्रति दर्शाएको मायालाई प्रचारप्रसार गर्दै हामीले हाम्रो आत्मीयता, आपसी सद्भावलाई विश्वसामु परिचित गराउनुपर्छ,” मन्त्री खरेलले भन्नुभयो ।

त्यसअघि समाजका अध्यक्ष सन्तमान महर्जनलगायत समाजका पदाधिकारीले मन्त्री खरेलको स्वागत गर्नुभएको थियो ।रासस