१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती मन्त्रिपरिषद बैठकः दुई समिति गठन आदेश पारित



अ+ अ-

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ ।

सो बैठकले पारित गरेको समिति गठन आदेश मध्ये नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति रहेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो ।

सोही बैठकले प्रदेशभित्र सञ्चालनमा रहेको सवारी साधनको केही दस्तुर, कर र जरिवाना छुट दिने निर्णय गरेको छ । बैठकले प्रदेशमा विपन्न नागरिक आकस्मिक उपचार सेवाका लागि रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

साथै बैठकबाट रामेछाप जिल्लाको सुनापारी गाउँपालिका–४ को वडा विभाजनसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ । यसैगरी बागमती प्रदेशको मन्त्रिपरिषद् कार्यालयमा जीवराज बस्याल र गीता हुमागाईलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले दिनुभएको राजीनामा स्वीकृत गरिएको सरकारका प्रवक्ता तामाङले जानकारी दिनुभयो । रासस