१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम



अ+ अ-

झापा। झापाको मेचीनगर नगरपालिकाको नगरप्रहरी, बारुणयन्त्रका कर्मचारी र जनप्रतिनिधिलाई सशस्त्र प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ।

सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरको विपद्मा अग्र पङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले विपद्जन्य घटनामा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले तालिममा सहकार्य गरिएको बताउनुभयो ।

तालिममा घर, भवन, वनमा आगलागी हुँदा डोरीको सहायताबाट जिपलाइन, विभिन्न गाँठो तथा नटहरू बनाउने तरिका, बाढी तथा डुबानमा उद्धारका बेला र्याफ्ट बोट बनाउने तरिकालगायत सिकाइएको छ । रासस