४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

अवसर खोज्दै रास्वपामा गएको र अवसर नपाएर पार्टी छोडेको होइनः सुमना श्रेष्ठ

अवसर खोज्दै रास्वपामा गएको र अवसर नपाएर पार्टी छोडेको होइनः सुमना श्रेष्ठ
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठले रास्वपाप्रति शुभकामना व्यक्त गर्दै दलभित्र लोकतान्त्रिक मूल्य–मान्यता जोगिनु अपरिहार्य भएको धारणा व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले जनताको चाहनाअनुसार बलियो नयाँ शक्ति निर्माणका लागि पहल गर्ने सबैलाई धन्यवाद दिँदै बधाईसमेत व्यक्त गरेकी छन्। आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको र अवसर नपाएर पार्टी छोडेको पनि नभएको उनको स्पष्टोक्ति छ।

उनले आफ्नो मुख्य एजेण्डा देशका युवाहरूका लागि देशमै समान अवसर सिर्जना गर्नु र नेपालीलाई ‘नेपाली मात्र भएर बाँच्न सक्ने’ वातावरण बनाउनु रहेको उल्लेख गरेकी छन्।

राजनीतिक दलभित्र प्रश्न गर्ने संस्कार मरेको दिन लोकतन्त्र समाप्त हुने चेतावनी दिँदै श्रेष्ठले प्रश्न उठाउनेलाई मिडिया ट्रायल र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्तिले दलभित्र लोकतन्त्र बाँकी नरहने बताएकी छन्। नयाँ रास्वपामा अहिले उठिरहेका प्रश्नहरूमा नेतृत्वले सुधार गर्ने र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्ने विश्वास गर्नुपर्ने उनको भनाइ छ।

“सही प्रश्नले मात्र दललाई सही दिशामा लैजान सक्छ,” उनले भनेकी छन्।

आफ्नो राजनीतिक यात्राबारे अनुमानका आधारमा समाचार र धारणा नबनाउन आग्रह गर्दै उनले आफू नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीमा जनता माझ निरन्तर रहेको स्पष्ट पारेकी छन्। दल, चिन्ह, पद र भूमिका अस्थायी भए पनि जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म भएको उनको धारणा छ।

आफू प्रतिको चासो, चिन्ता र आलोचनालाई माया ठानेको उल्लेख गर्दै उनले केही नियोजित गालीबाहेक सबै प्रतिक्रियाप्रति आभार व्यक्त गरेकी छन्। साथै, आफ्नो राजनीतिक भविष्यको चिन्ताभन्दा देश र जनतालाई भरोसा लाग्ने पार्टीभित्रको लोकतान्त्रिक मूल्य–मान्यता जोगाउने विषयमा चिन्ता लिन उनले आग्रह गरेकी छन्।

अन्त्यमा उनले रास्वपामा नयाँ सम्भावनाहरू फल्ने–फुल्ने वातावरण बनोस् भन्ने शुभेच्छा दिँदै बधाई भन्न पाइयोस् भन्ने कामना व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्ः
नयाँ रास्वपालाई शुभकामना छ। जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ। बधाई छ।

म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेण्डा छैन मेरो।

राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साईबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकि रहँदैन। नयाँ रास्वपामा नयाँ पुराना साथीहरुले अहिले उठाउनु भएको प्रश्नहरु अहिलेको नेतृत्ववले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन भन्ने विश्वास गरौँ। सहि प्रश्नलेमात्र दललाई सहि दिशा दिन सक्छ भन्ने ज्ञात रहोस्।

मेरो राजनीतिक यात्राबारे मलाई सोधेर भन्दा अनुमानका भरमा समाचार र धारणा नबनाईदिनुहोला। म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीकालागि जनता माझ थिए र अनवरत छु। दल, चिन्ह, पद, भूमिकासबै अस्थायी हुन् जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो। म प्रति को चासो र चिन्ता को लागि धन्यवाद १ केहि नियोजित गालि बाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईहरुले म प्रति देखाउनु भएको माया भन्ने बुझेकी छु।

मेरो राजनैतिक भबिष्यको चिन्ताको सट्टा देश र तपाइलाई भरोसा लाग्ने पार्टी भित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनु होला। त्यो बिना जो जहाँ बाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्ने छ।

नयाँ रास्वपामा नयाँ सम्भावनाहरुले फल्ने फुल्ने वातावारण मिलोस् । शुभकामना।बधाई भन्न पाइयोस्