१२ भाद्र २०८३, शुक्रबार
,
Latest
गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक बन्दसूचीबारे रास्वपाले माग्यो सुझाव, त्रुटि सच्याइने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीबारे विभिन्न सरोकारवालाबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सचिवालयद्वारा जारी विज्ञप्तीमा समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पार्दा केही कमीकमजोरी देखिन सक्ने उल्लेख गरिएको छ। यस्ता सम्भावित त्रुटि सच्याउन पाउने समयको सदुपयोग गर्दै सूची पेश गरिएको पनि पार्टीले स्पष्ट पारेको छ।

रास्वपाले बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमाभित्र आवश्यक सुधार गरी समयमै पुनः पेश गरिने जानकारी दिएको छ।

यसका लागि बन्दसूचीमा सच्याउनुपर्ने विषयमा सुझाव दिन चाहनेलाई पौष १७ गते बिहान १० बजेभित्र सम्बन्धित प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा सुझाव बुझाउन आग्रह गरिएको छ।

पार्टी सचिवालयले सबै सरोकारवाला, नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आवश्यक सुझाव दिन आग्रह गर्दै सहयोगप्रति धन्यवाद व्यक्त पनि गरेको छ।