२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरुलाई भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो : गोकुल बास्कोटा (भिडियो सहित)



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दूरुपयोग गर्ने गरेको बताउनु भएको छ । 

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेको भन्दै अव त्यसो हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अव खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताउनु भयो । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गर्नु भयो ।

उहाँले भन्नुभयो , ‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं । आफ्नो देशको मौलिकता बिर्सन्छौं । म राजाबादी भएको होईन । पञ्चायति व्यवस्था जोगाउन खेलाडीहरुको दूरुपयोग गरेपनि । हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरुलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो । अव गणतन्त्रमा चाँही खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन । राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्माविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नु पर्दछ । खेल क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्सी कारखानामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।’

त्यस अवसरमा बास्कोटाले खेलाडीहरुको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गर्नु भयो । उहाँले खेलाडीहरुलाई अपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ सचेत गराउनु भयो । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवम् मोर्चा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरुले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।