४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

जेन–जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा. लोहनी

जेन–जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा. लोहनी
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा देखिएका विद्यमान समस्याको समाधान राजनीतिक संरचनागत परिवर्तनबिना सम्भव नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी क्रान्तीले उजागर गरेका समस्याहरू समाधान गर्न राज्यको संरचनामै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तो परिवर्तनको संवाहक बन्न राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले आपसी एकताले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन किसिमका समस्याहरु देशमा छन्, जस्ता समस्याहरुलाई जेनजी क्रान्तीले अगाडि ल्याएको छ त्यसको समस्याहरुको समाधान गर्न राजनीतिक संरचनागत परिवर्तन नभएसम्म सम्भव छैन । त्यो परिवर्तनको संवाहक हुनको लागि हामी जिम्मेवार हुनुपर्छ । यो एकताले यसलाई बल पुर्याउँछ । मलाई विश्वास छ हामी सबै एकअर्कालाई विश्वास गर्दै अगाडि जान सकौँ ।’ 

उहाँले दुवै पक्षबीच आपसि विश्वास कायम गर्दै मुलुक र जनताको हितका लागि एकता दिगो रहोस् भन्ने उहाँको कामना छ ।