१२ भाद्र २०८३, शुक्रबार
,
Latest
गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।

“वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने जोखिम रहन्छ, नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छ, यसका लागि बिपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्गनिर्देशन गर्दछ भनी हामी सबैले आत्मसात् गरौँ”, नेता कोइरालाले सन्देशमा भन्नुभएको छ ।